रसुवाको सेरोफेरो

के.वि.मसाल

मितिः २०७० मंसिर २१ गते, दाङ्,  राप्ती समाचारबाट साभार

रसुवा जिल्लाको नाम तिब्बती भाषाको “ “सोवाशब्दलाई उदृत गरिएको पाइन्छ । तिब्बती भाषामा को अर्थ भेडा च्याङग्रा र सोवाको अर्थ चराउने वा राख्ने ठाउँ भन्नेकुरा बुझाउँछ । अर्थात प्रशस्त भेडा च्याङग्रा पाइने स्थान भएकोले रसोवाभन्ने गरेको र त्यसको अपभ्रसभै स्थानीय बोलीचालीको भाषामा रसुवा भन्न थालिएको भनाई रहेको छ । 


नेपालको भूगोलमा वि.स.२०१८ साल वैशाख १ गते भन्दा पहिले रसुवा जिल्ला पश्चिम १ नम्वर मा थियो । धादिङ,  नुवाकोट र रसुवा एउटै जिल्लामा राखिएको थियो । यसको सबै प्रशासनिक कामहरु नुवाकोटबाट हुने गर्थ्यो । रसुवा बागमती अञ्चलको उत्तरी भेगमा अवस्थित एक हिमाली जिल्ला हो । सदरमुकाम धुन्चे समुद्र सतहदेखि ६ हजार ४०० फिटको उचाइमा रहेको छ । काठमाण्डौदेखि ११८ कि.मि को दूरीमा रहेको छ । हिमाली जिल्ला भए पनि रसुवा जिल्लाको विभिन्न गाविसहरुमा मोटर मार्ग बनेको छ । यो बर्ष मात्र स्याफ्रुबेसी रसुवागढी बीचको ११ कि.मि. मोटरमार्गको ट्रयाक खोल्ने काम सकिएको छ ।   मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको यो जिल्लाको टिमुरे नाका हुदै केरुङसँग व्यापार हुदै आएको छ ।

 

(रसुवा जिल्ला पर्यटकीय दृष्ट्रिकोणले महत्वपूर्ण मानिन्छ । यस जिल्लामा रहेको गणेश हिमाल, लाङटाङ हिमाल, लिरुङ हिमाल, यालापिक, लाङसिसा, स्याङजेन खर्क जस्ता प्राकृतिक स्थलको अवलोकन गर्न आन्तरिक एवं वाह्य पर्यटकहरु रसुवा जाने गर्दछन् ।)

 

हिमाली १६ वटा जिल्लाहरुमध्ये क्षेत्रफलको आधारमा सबैभन्दा सानो रसुवा जिल्ला हो । पूर्वमा सिन्धुपाल्चोक दक्षिणमा नुवाकोट पश्चिममा धादिङ जिल्लासँग भौगोलिक सिमाना जोडिएको यस जिल्लाको उत्तर तर्फ भने चीनको स्वशासित क्षेत्र तिव्वतसँग जोडिएको छ । रसुवा जिल्लाको नाम तिब्बती भाषाको “र“ “सोवा“ शब्दलाई उदृत गरिएको पाइन्छ । तिब्बती भाषामा “र“को अर्थ भेडा च्याङग्रा र “सोवा“को अर्थ चराउने वा राख्ने ठाउँ भन्नेकुरा बुझाउँछ । अर्थात प्रशस्त भेडा च्याङग्रा पाइने स्थान भएकोले “रसोवा“ भन्ने गरेको र त्यसको अपभ्रसभै स्थानीय बोलीचालीको भाषामा रसुवा भन्न थालिएको भनाई रहेको छ ।  जिल्लाको भूगोल अनुसार सदरमुकाम धुन्चे भन्दा माथिलाई उपल्लो र दक्षिण भागको भूगोललाई तल्लो रसुवा भन्ने पनि गरिन्छ । रसुवा जिल्ला पर्यटकीय दृष्ट्रिकोणले महत्वपूर्ण मानिन्छ । यस जिल्लामा रहेको गणेश हिमाल, लाङटाङ हिमाल, लिरुङ हिमाल, यालापिक, लाङसिसा, स्याङजेन खर्क जस्ता प्राकृतिक स्थलको अवलोकन गर्न आन्तरिक एवं वाह्य पर्यटकहरु रसुवा जाने गर्दछन् ।

(फलाखु खोलाको वेसी स्याप्रुवेसी वेत्रावती पैरेवेसी आदि समथर वेसीहरु र पहाडको कुनाहरुमा छरिएर रहेका गोल्जुङ चिलिमे आदि साना ठूला टारहरु नै यस जिल्लाका प्रमुख वेसी र फाँटहरु हुन् । पर्यटकमाझ लाङटाङ पदमार्गमा उच्च भागको सेताम्मे हिमाल, स्वच्छ, चिसो हावा, गोसाइकुण्ड, हिउ पग्लेर निरन्तर बग्ने हिमनदी मिश्रण वनस्पति वन्यजन्तु, उकालीओराली, भञ्ज्याङ चौतारी, जैविक विविधताको अवलोकन रसुवा जिल्लामा गर्न सकिन्छ ।)

रसुवा जिल्लामा कुल १८ वटा गाविस रहेको छ । कुल क्षेत्रफल १,५१२ वर्ग किलोमिटर रहेको रसुवा जिल्लामा सबैभन्दा होचोस्थान ६१४ मिटर र सबैभन्दा अग्लोस्थान ७,२२७ मिटरका पहाड, हिमाल, उर्वर टार तथा वेसी र फाँटहरुले जिल्लाको भूगोल बनेको छ । फलाखु खोलाको वेसी स्याप्रुवेसी वेत्रावती पैरेवेसी आदि समथर वेसीहरु र पहाडको कुनाहरुमा छरिएर रहेका गोल्जुङ चिलिमे आदि साना ठूला टारहरु नै यस जिल्लाका प्रमुख वेसी र फाँटहरु हुन् । पर्यटकमाझ लाङटाङ पदमार्गमा उच्च भागको सेताम्मे हिमाल, स्वच्छ, चिसो हावा, गोसाइकुण्ड, हिउ पग्लेर निरन्तर बग्ने हिमनदी मिश्रण वनस्पति वन्यजन्तु, उकालीओराली, भञ्ज्याङ चौतारी, जैविक विविधताको अवलोकन रसुवा जिल्लामा गर्न सकिन्छ । विभिन्न जातजाति, भाषाभाषी सम्प्रदाय र धर्मावलम्वीहरुको बसोवास रहेको यस जिल्लामा विभिन्न धार्मिक सास्कृतिक रुपले महत्वपूर्ण मानिने ताल तलैया, हिमाल, मन्दिरका साथै रसुवागढी र उत्तरगया जस्तो ऐतिहासिक स्थल गोसाईकुण्ड, भैरवकुण्ड, सरस्वतीकुण्ड, सूर्यकुण्ड, पार्वतीकुण्ड, दुधकुण्ड, जागेश्वरकुण्ड लगायत १०८ कुण्डहरु रहेका छन् । चिलिमे, टिमुरे, स्याफ्रु, भार्खुमा भएको तातोपानी, जैबिक बिबिधताले भरिपूर्ण लाङ्टाङ् राष्ट्रिय निकुञ्ज क्षेत्र राजधानी काठमाडौंबाट नजिकमा पर्ने दोस्रो राष्ट्रिय निकुञ्ज हो । प्रसिद्ध ऐतिहासिक एवं धार्मिक गोसाइकुण्ड पनि यसै लाङटाङ राष्ट्रिय निकुञ्जको भूगोल भित्र पर्दछ ।

(बहादुर शाहको नायबीकालमा भएको नेपाल–भोट युद्धमा भोटको सहायताको लागि यही बाटो हुदै आएका चिनिया सेना नेपाललाई हराउदै बेत्रावतीसम्म पुगेको इतिहासमा उल्लेख छ । चीनसँगको लडाईका बेला नेपाली लडाकूले आफ्नो सुरक्षाका लागि बनाएका हुन् यो गढी ।)

नेपाल–चीन सीमाना रसुवाको टिमुरे गाविसमा रहेको रसुवागढी डेढ शताव्दी पुरानो ऐतिहासिक धरोहर हो । यो नेपाली  इतिहासको साक्षी पनि मानिन्छ । बहादुर शाह र जंगबहादुर राणको पालामा तिब्बतसग भएको लडाईमा यही गढीबाट नेपाली पुर्खाहरुले लडेर तिब्बतसँग युद्ध जितेका थिए । रसुवागढी प्राचीनकालमा नेपाल र भोटबच चल्ने व्यापारको प्रमुख नाका थियो । लिच्छवीकालमा अंशुबर्माको शासनकालका बेला उनकी छोरी भृकुटी यही नाका हुँदै घरमाईती गर्ने गरेकी थिइन् । मल्लकालमा पनि रसुवागढी नाकाबाट तिव्बतसँग ब्यापार हुने गरेकाले यो मुख्य परम्परागत ऐतिहासिक ब्यापारिक नाका हो । मध्यकालको उत्तराध्र्दसम्म पनि यो ठाउँ प्रमुख ब्यापारिक मार्ग र केन्द्रको रुपमा परिचित रहेको देखिन्छ । बहादुर शाहको नायबीकालमा भएको नेपाल–भोट युद्धमा भोटको सहायताको लागि यही बाटो हुदै आएका चिनिया सेना नेपाललाई हराउदै बेत्रावतीसम्म पुगेको इतिहासमा उल्लेख छ । चीनसँगको लडाईका बेला नेपाली लडाकूले आफ्नो सुरक्षाका लागि बनाएका हुन् यो गढी । ठूलाठूला ढुंगा कुदेर बनाइएको अग्लो पर्खालमा शत्रुलाई निसाना लगाउन स–साना ४७ वटा प्वाल र ६० फिट लम्बाई ६ फिट उचाई र ६ फिट चौडाईको गढीमा बसेर नेपाली फौज आफू सुरक्षित रहदै चिनिया फौजँग चार पटकसम्म लडाई लडेका थिए । यस गढीबाट लिन्दे र केरुङ नदीको संगम भएर भोटेकोशी नदी बनेको संगमस्थल नजिकै देख्न सकिन्छ ।

(महादेव शंकरले त्रिशूल प्रहार गरी पानी निकालेको हुनाले पानी निस्किएको ठाउँलाई त्रिशूल धाराको रुपमा चिनिन्छ र त्यस त्रिशूल धारावाट बगेर तल तालको रुप लिएको ठाउँलाई गोसाईंकुण्डको नामले चिनिन्छ । त्रिशूली नदीको मुहानको रुपमा त्रिशूल धारालाई लिइन्छ ।)

 

गोसाईकुण्ड यस कुण्ड समुन्द्र सतहदेखि १४,६०० फिटको उचाई अवस्थित रहेको छ । जिल्ला सदरमुकाम धुञ्चेदेखि ४ घन्टाको उकालो बाटोमा पर्ने घट्टेखोला, ढीम्सा, चन्दनवारी, चोलाङपाटी, लौरीविनायक, गणेशगौडा हुदै विभिन्न प्राकृतिक दृश्य र जंगली जनावरको दृश्यावलोकन गर्दे गोसाईकुण्डमा पुगिन्छ । पौराणिक कालमा शंकर माहादेवले कालकुट विष पान गरेपछि विषको डाह शान्त पार्न पानीको खोजीमा हिडदा त्यस ठाउँमा आफ्नो त्रिशूलले पहरामा प्रहार गरी पानीको सृष्टि गरेको दहमा डुवेर विषजलन शान्त पारेको हुँदा यस कुण्डलाई  गोसाईंकुण्ड भनिएको किम्वदन्ती छ । महादेव शंकरले त्रिशूल प्रहार गरी पानी निकालेको हुनाले पानी निस्किएको ठाउँलाई त्रिशूल धाराको रुपमा चिनिन्छ र त्यस त्रिशूल धारावाट बगेर तल तालको रुप लिएको ठाउँलाई गोसाईंकुण्डको नामले चिनिन्छ । त्रिशूली नदीको मुहानको रुपमा त्रिशूल धारालाई लिइन्छ । भक्तजनहरु यस धारामा त्रिशूल चढाउँदछन् भने दशहरा र ऋषि तर्पणी अर्थात जनै पूर्णिमाका दिन गोसाईकुण्डमा मेला समेत लाग्ने गर्दछ । गोसाईंकुण्डकै नजिकमा भैरव कुण्ड पर्दछ । यस कुण्ड गोसाईंकुण्डको निकासवाट निस्केको पानीवाट दहको रुप लिई बनेको हो । यस कुण्ड गोसाईंकुण्ड जत्तिको फराकिलो रुपमा नभएपनि यस कुण्डमा रहेको पानी गाढा निलो र कालो देखिने भएको हुँदा यो कुण्डको छुट्टै विशेषता रहेको छ । गोसाईंकुण्डको स्नांन पश्चात यस कुण्डलाई नहेर्नु भन्ने जनधारणा रहेको छ । यस कुण्डमा नुहाउने तथा पूजाआजा गरिने चलन भने छैन ।

(त्यसैगरि पार्वती कुण्ड सदरमुकाम धुञ्चेदेखि उत्तर गतलाङ गाविसमा रहेको छ । यस कुण्ड घनाजंगलको काखमा अवस्थित छ । यस कुण्डलाई स्थानीय भाषामा छेदीङ कुण्ड भनिन्छ । यस कुण्डमा प्रत्येक बर्षमा पर्ने जनै पूर्णिमाको दिन मेला लाग्ने गर्दछ ।)

सरस्वती कुण्ड भैरवकुण्डको निकासवाट गएको पानीबट केहि तल वनेको कुण्डलाई  सरस्वती कुण्डको नामले चिनिन्छ । यो कुण्ड गोसाईकुण्ड जस्तो फराकिलो चौडा र भैरवकुण्ड जस्तो गाढा निलो र गहिरो रुपमा पानीको मात्रा रहेको पाइदैन । सूर्य कुण्ड गोसाईकुण्डवाट करिव १ घण्टाको पैदल यात्रा पश्चात सूर्य कुण्ड पुग्न सकिन्छ । नुवाकोट जिल्ला भएर वग्ने तादीखोलाको उदगम स्थलको रुपमा रहेको यस कुण्ड नुहाएर सूर्यको दर्शन गरेपछि मरणापरान्त स्वर्ग गइन्छ भन्ने जन विस्वास रहेको छ । त्यसैगरि पार्वती कुण्ड सदरमुकाम धुञ्चेदेखि उत्तर गतलाङ गाविसमा रहेको छ । यस कुण्ड घनाजंगलको काखमा अवस्थित छ । यस कुण्डलाई स्थानीय भाषामा छेदीङ कुण्ड भनिन्छ । यस कुण्डमा प्रत्यक बर्षमा पर्ने जनै पूर्णिमाको दिन मेला लाग्ने गर्दछ । यस कुण्डको वरपर वोझो नामको जडीवुटी प्रसस्त पाइन्छ । सदरमुकाम धुञ्चेवाट ३४ कि.मि. को दूरीमा यो कुण्ड रहेको छ । रसुवा जिल्लामा प्राकृतिक रुपमा तातोपानीका मुलहरु समेत पाइन्छ । चिमिले गाविसमा तातोपानीको मुल रहेको छ । यो प्राकृतिक तातोपानीको कुण्डमा कार्तिकदेखि मार्ग महिनामा नुहाउने मानिसहरुको भीड हुने गर्दछ । कुण्डमा नुहाउदा धर्म मात्र नभएर तथा चर्म तथा वाथको रोगवाट मुक्त हुने बिश्वास रहेको छ ।

(गोसाईकुण्ड मुहान गरी वगेको त्रिशूली नदी र वेतधाराको उद्गम स्थल रहेको फलाखुखोलाको संगस्थल वेत्रावतीलाई उत्तर गयाको नामले चिनिन्छ ।)

नुवाकोट र रसुवाको सीमावतिमा रहेको फलाखुखोलाको संगमस्थल वेत्रावतीमा पर्दछ । जुन स्थान काठमाण्डौदेखि ७८ कि.मि. र रसुवा जिल्लाको सदरमुकाम घुन्चे बाट ४० कि.मि को दुरीमा पर्दछ । गोसाईकुण्ड मुहान गरी बगेको त्रिशूली नदी र वेतधाराको उद्गम स्थल रहेको फलाखुखोलाको संगस्थल वेत्रावतीलाई उत्तर गयाको नामले चिनिन्छ । यस उत्तर गयामा श्राद्ध गरेर दिएको तर्पन पितृको हातमा पर्ने, पितृ तर्न सक्ने विश्वासले माघ महिना र माघे औसीमा पितृ भक्तहरु श्राद्ध गर्न यहा आउदछन् । साथै हरिवावोधनी  एकादशीका दिन ठूलो मेला लाग्ने गर्दछ । श्रद्धालु भक्तजनहरु फूल वगाउने तोरण तार्ने कार्य पनि गर्दछन । नेपाल र भोट बीच भएको युद्ध रोक्न १९१२ मा सन्धि भएकोले नेपालको इतिहासमा वेत्रावती सन्धिको नामले पनि यो स्थान महत्वपूर्ण मानिन्छ ।

(पासाङल्हामु राजमार्ग अन्तर्गत रसुवाको वेत्रावती स्याफ्रुबेंसी खण्ड हुँदै चीन जोड्ने यो सडकले रसुवा जिल्लालाई मात्र होइन देश लाईनै आर्थिक विकासमा टेवा मिल्ने छ । )

पछिल्लो समयमा रसुवा जिल्लामा सडक निर्माणको कार्य तीब्ररुपले बढेको छ । सदरमुकाम घुन्चे–स्याफ्रुबेंसी १२ कि.मि.पर्दछ भने स्याफ्रुबेसी–रसुवागढी ११ कि.मि.सडक निर्माण कार्य अगाडि बढिरहेको छ । रसुवागढी नेपाल तिब्बत सिमानामा पर्दछ भने सिमापारी तिब्बतीय ब्यापारीक केन्द्र केरुङ् पर्दछ । पासाङल्हामु राजमार्ग अन्तर्गत रसुवाको वेत्रावती स्याफ्रुबेंसी खण्ड हुँदै चीन जोड्ने यो सडकले रसुवा जिल्लालाई मात्र होइन देश लाईनै आर्थिक विकासमा टेवा मिल्ने छ । नेपाल र चीन सरकारबीच भएको सम्झौता अनुरुप स्याफ्रुबेंसीदेखि रसुवागढीसम्मको १६ किलोमिटर हिमाली सडकको निर्माण कार्य प्रारम्भ भएको छ । स्याफ्रुबेंसी रसुवागढी केरुङजस्तो ऐतिहासिक राजमार्गले पश्चिम तिब्बतस्थित मानसरोवर कैलाश पर्वत जानको लागि यो सडक छोटो हुनेछ । ऐतिहासिक रसुवागढी नौहजार दुईसय सात फिटको उचाइमा रहेको छ । स्याफ्रुबेंसी रसुवागढी सम्मको सडक चीन सरकारले बनाउने भएको छ । काठमाडौदेखि धुच्चेसम्मका ११८ कि.मि. सडक फराकिलो बनाउने बारेमा पनि नेपाल र एसियाली विकास बैंकबीच सहमति भइसकेको छ । यसैगरी धादिङ् जिल्लास्थित पृथ्वी राजमार्गको गल्छीदेखि स्याफ्रुबेंसीसम्मको सडक निर्माण भएको छ । स्याफ्रुबेंसी रसुवागढी सडक निर्माण कार्य सम्पन्न भएपछि रसुवाको सामाजिक र आर्थिक अवस्थामा ठूलै परिवर्तनको सम्भावना रहेको छ । केरुङग आफैंमा सुन्दर र फराकिलो क्षेत्र हो । केरुङगथ्याङ् खुला क्षेत्रभित्र सानो तर रमणीय उपत्यका पनि हो । यो सडक निर्माण भएपछि नेपाल र भारतका तीर्थयात्री र पर्यटकहरुका लागि मानसरोवर कैलाश पुग्न कोदारी राजमार्गको तुलनामा छोटो मार्ग पर्दछ ।

स्याफ्रुबेंसी रसुवागढी सडक निर्माण सम्पन्न भएपछि नेपाल र चीन दुवै देशले व्यापार र पर्यटनको माध्यमद्धारा उत्साहजनक लाभ लिन सक्नेछन । ल्हासा र अझ चीनको भित्रीभागका वस्तु र सेवा सुविधा झनै सजिलै र सस्तोमा नेपालमा उपलब्ध हुनेछन । चिङधाई तिब्बत राजमार्गको निर्माण पूरा भएपछि अझ यो सम्भव हुनेछ । स्याफ्रुबेंसी रसुवागढी सडकले नेपाल र चीनबीच व्यापार बढाउनुका साथै यसलाई दक्षिण सीमासम्म विस्तार गर्नसके भारतले समेत फाइदा पुग्नेछ । यो सडक निर्माण भएपछि नेपाल र भारत जोड्ने सबैभन्दा कम दूरीमा रहेको वीरगञ्ज, हेटौंडा, नारायणगढ, त्रिशूली, धुन्चे र स्याफ्रुबेंसी रसुवागढी केरुङ् मार्गको लम्बाइ तीनसय किलोमिटर मात्र रहनेछ ।

(चिलिमे जलविद्युत कम्पनीको सहायक कम्पनीको रुपमा साञ्जेन जलविद्युत कम्पनीले ५७ र रसुवागढी जलविद्युत कम्पनीले १ सय ११ मेगावाटको विद्युत आयोजना निर्माण प्रक्रिया अगाडि बढाईसकेको छ । त्यसैगरी नेपाल विद्युत प्राधिकरणले ६० मेगावाट क्षमतामा माथिल्लो त्रिशुली ३ ए, मोल्निया पावर कम्पनीद्धारा मैलुङ ५ मेगावाट क्षमतामा विद्युत आयोजना सञ्चालनमा ल्याईसकेको छ ।)

रसुवा जिल्लाको विभिन्न क्षेत्रमा भूमिगत संरचनाबाट चिलिमे, गोल्जुङ, स्याफ्रु जस्ता जिल्लामा दर्जनौ स्थानमा विद्युत उत्पादन हुन थालेको छ । रसुवा जिल्लामा विद्युत उत्पादन गर्नको लागि धेरै कम्पनीहरुले चासो देखाउन थालेका छन् । चिलिमे जलविद्युत कम्पनीको सहायक कम्पनीको रुपमा साञ्जेन जलविद्युत कम्पनीले ५७ र रसुवागढी जलविद्युत कम्पनीले १ सय ११ मेगावाटको विद्युत आयोजना निर्माण प्रक्रिया अगाडि बढाईसकेको छ । त्यसैगरी नेपाल विद्युत प्राधिकरणले ६० मेगावाट क्षमतामा माथिल्लो त्रिशुली ३ ए, मोल्निया पावर कम्पनीद्धारा मैलुङ ५ मेगावाट क्षमतामा विद्युत आयोजना सञ्चालनमा ल्याईसकेको छ । उत्तरी रसुवाको लामा होटलमा बाध बाधी लाङटाङ खोलाको पानीबाट स्याफ्रुवेशी पारिको गन्धक भीर नजिक उत्पादन गरिने २ सय ३२ मेगावाट क्षमताको विद्युत आयोजनाको अध्ययन कार्य भईरहेको बताइएको छ । हाकुमा त्रिशुली ए आयोजना अन्र्तगत २ सय १६ मेगावाट क्षमताको जलविद्युत आयोजना पनि संन्चालनमा आएको छ । विद्युत उत्पादन गर्न  सम्भावना भएका रसुवाको ठाडा खोलाहरुमा जे जति अध्ययन गरिएको छ । सवै स्थानमा  विद्युत उत्पादन हुने हो भने नेपालकै सवैभन्दा बढि विजुली उत्पादन गर्ने जिल्लाका रुपमा रसुवा हुनेछ ।

रसुवा जिल्लामा ऐतिहासिक प्राकृतिक गोसाईकुण्डको मात्र नभएर वातावरणीय धरातलको समेत अवलोकन गर्न सकिन्छ । लाङ्टाङ् राष्ट्रिय निकुञ्जले संरक्षण गरेको जंगल र त्यहाँ पाइने हिमाली वन्यजन्तु जनजाति र संस्कृतिसँग रुचिराख्ने मानिसहरूको लागि तामाङ् संस्कृतिको बारेमा अध्ययन, अनुसन्धान गर्न समेत सकिन्छ । तिव्वतसँगको लडाइमा किल्ला बनाइएको रसुवागढीको ऐतिहासिक स्थल राम्चे भन्दा दक्षिण भेगका बजार उन्मुख ग्रामीण वस्ती ऐतिहासिक कालिकास्थान, जिवजिवे, सरमथली, वरपरका पहाडी श्रृखलामा रहेको सुन्दर गाउँहरुको अवलोकन समेत् गर्न सकिन्छ । एक पटक रसुवा जिल्लाको भ्रमण गर्नुहोस प्राकृतिक र धार्मिक सन्तुष्टी प्राप्त गर्नुहोस्  ।