हाम्रो बारेमा

रसुवामा भए गरेका विभिन्न गतिविधि र घटना एवम् यहाँका सम्भावनालाई विद्युतीय तरङ्गमार्फत जहाँको त्यही र संसारभर पुर्‍याउने अभ्यास "रसुवा खबर डट् कम " हो  ।

सबैको नजरमा पर्यटकीय तेस्रो गन्तव्य, प्राकृतिक स्रोत तथा साधनले पूर्ण तथा पछिल्लो समयमा जलविद्युत विकास र रसुवागढी नाकाको विकासको सम्भावनाले प्राथमिकता पाएको रसुवामा हाम्रो "रसुवा खबर डट् कम "ले यसका सम्भावना वा प्रतिफललाई मात्र प्रस्तुत गर्दैन, यसले यी सम्भावनाको संरक्षण, दीगो व्यवस्थापन तथा प्रतिफल उपभोगका लागि आवश्यक पर्ने कृयाकासाथ चुनौतिलाई पनि नियाल्नेछ । यस "रसुवा खबर डट् कम " डिजिटल टेक्नोलोजी एण्ड कन्सल्टेन्सी प्रालिद्वारा प्रकाशन भएको हो ।

रसुवाका विविध सिकाई तथा सम्भावनालाई आफ्नो अनुभव राख्न चाहने जो कोहीले पनि यो अभियानको सदस्यता लिएर आफैं प्रकाशन गर्न पाउने व्यवस्थासहित हामी अगाडि बढ्ने यो हाम्रो "सहभागितात्मक प्रयास" रही रहनेछ । सकेसम्म व्यक्तिगत ब्लग वा सामाजिक ब्लगमा ब्लगिङ गर्ने ब्लगर वा पत्राकारलाई आफ्नो सिर्जना यसमा प्रस्तुत गर्न पनि हामी अनुरोध गर्दछौं । तपाईसँग रसुवाको इतिहाँसमा भएका कुरा, वर्तमानको सम्भावना तथा भावी विषयलाई लेखेर सिधै सदस्य भएर प्रकाशन गर्न वा नसके हामीलाई पठाउन समेत अनुरोध गर्दछौं ।

रसुवाबाट प्रकाशन हुने पत्रिका  तथा रेडियो प्रसारणका सामग्री तथा रसुवाका विषयमा छापिएका विभिन्न अरु पत्रिकाका प्रकाशित सामग्रीहरू पनि यसका प्रकाशन हुनेछन् । त्यसरी प्रकाशन गर्दा होस् वा आफ्ना विषयवस्तु प्रकाशन गर्दा स्रोतलाई भने हाइपरलिङ्क मार्फत प्रष्ट बनाइनेछ । प्रकाशित सामग्रीको विषयमा कुनै विवाद आएमा त्यसको जिम्मेवार लेख प्रकाशक आफैं हुनेछ ।

पत्रकारिताका लागि अनलाईनमार्फत् पनि धेरै गर्न सकिनेछ भन्ने तथ्य नमूना बनाउने हाम्रो लक्ष्य हो । ''अनलाईनमार्फत् आफ्ना सूचना अरुमाझ पुर्‍याउनको लागि छापिने पत्रकारिताको विकल्प हो भन्ने विषय अनलाईन उपभोक्तालाई जानकारी दिने लक्ष्य पनि हो ।


प्रकाशन सम्बन्धि विवरण

प्रकाशक : डिजिटल टेक्नोलोजी एण्ड कन्सल्टेन्सी प्रालि

सम्पादक/सञ्चालक : प्रेमप्रसाद पौडेल

व्यवस्थापक :

मुख्य सम्वाददाता :

कालिका सम्वाददाता :

गोसाईकुण्ड सम्वाददाता :

नौकुण्ड सम्वाददाता :

पार्वतीकुण्ड सम्वाददाता:

उत्तरगया सम्वाददाता :

Email : paudelprem@gmail.com

मोबाईल : ९८४३५०८४७०

हाम्रा अन्य उत्पादनहरू