धैबुङ चित्रकालिका मन्दिर

उचाईमा रहेको यस क्षेत्र न गर्मी, न जाडो ९ गर्मीमा हिमालको हावा वहने र जाडोमा पनि तुषारो नपर्ने, विहान सबेरै रवीको किरणद्दारासामुद्रिक सतहदेखि ६ सय मिटर उचाईमा रहेको वेत्रावती (उत्तरगया) त्रिवेणीदेखि उठ्दै गएको पहाडको टुप्पोमा करिव १४ सय मिटर प्रज्ज्वल्लमान हुने र रमणीय वस्तीको लागि उपयुक्त वातावरण भएको स्थानको रूपमा चिनिन्छ ।

रसुवाको दक्षिणी भेगमा अवस्थित धार्मिक, साँस्कृतिक र ऐतिहासिक महत्वको रूपमा कालिकामाई मन्दिर (‘धैबुङ चित्रकालिका माईको नामले ) चिनिदै आएको छ । यो मन्दिर साबिक धैबुङ्ग गाविस – ५ हाल कालिका गाउँपालिका वडा नं २, कालिकास्थानमा अवस्थित छ । विविध महत्व बोकेको कालिकामाई मन्दिरको नामबाटै यस ठाँउको नाम कालिकास्थान रहन गएको स्थानीयबासीहरू बताउँछन् ।

साबिक धैबुङ, राम्चे गाबिस पुरै र लहरेपौवा गाविसको वडा नं ८ तथा भोर्ले गाविसको वडा नङ १, ६, ८ र ९ मिलेर बनेको कालिका गाउँपालिका पनि यही मन्दिर तथा स्थलको नामबाट कालिका गाउँपालिकाको नामाकरण हुन गएको हो ।  कालिकामाई मन्दिर पासाङल्हामु राजमार्गको काठमाण्डौँदेखि ९४ किमी उत्तर, रसुवा जिल्लाको सदरमुकाम धुन्चेदेखि २४ किमी दक्षिणमा पर्ने प्राकृतिक सौन्दर्यले भरिपूर्ण मध्य पहाडको काखमा रहेको छ ।

सामुद्रिक सतहदेखि ६ सय मिटर उचाईमा रहेको वेत्रावती (उत्तरगया) त्रिवेणीदेखि उठ्दै गएको पहाडको टुप्पोमा करिव १४ सय मिटर उचाईमा रहेको यस क्षेत्र न गर्मी, न जाडो ९ गर्मीमा हिमालको हावा वहने र जाडोमा पनि तुषारो नपर्ने, विहान सबेरै रवीको किरणद्दारा प्रज्ज्वल्लमान हुने र रमणीय वस्तीको लागि उपयुक्त वातावरण भएको स्थानको रूपमा चिनिन्छ । प्राकृतिक दृश्यको धनी, ऐतिहासिक तथा धार्मिक दृष्टिले प्रसिद्धि कमाएको पवित्र स्थलको प्रत्यक्ष स्थलगत दर्शन गर्न पासाङल्हामु सडक मार्गवाट ५ मिनेटमात्र पैदल यात्रा गरी कालिकामाई मन्दिरको दर्शन गर्न सकिन्छ । 

 

परापूर्व कालमा कालिकाको मन्दिर हाल रहेको मन्दिर भन्दा केही तल भीरमा अवस्थित थियो । मानिसहरूको अत्याचारका कारण त्यहाँबाट कालिकामाई अन्यत्र अनतर्ध्यान भई गएपछि हाल रहेको स्थानमा प्रतिस्थापन गरिएको भन्ने भनाई रहेको छ ।


२०६० सालमा राम्चेको पहिरोले त्यहाँ स्थित सैनिक ब्यारेक बगाएपछि विस्थापित सेना यस मन्दिर परिसरमा बस्दै आएका छन् । पहिले त्यहाँ काठमाण्डौं, ललितपुर, भक्तपुर र नुवाकोटका विभिन्न स्थानबाट समेत वनभोज र कालिकामाईको दर्शन गर्न तथा त्यहाँबाट देखिने विभिन्न दृष्यको अवलोकन गर्न आउँथे । यो स्थान ब्यारेकले ओगटेपछि अहिले दैनिक रूपमा पूजा आजा गर्न आउनेको संख्या घटेको छ भने वनभोज गर्न आउनेका लागि पनि ठाउँ अभाव भएको छ । हाम्रो कालिकास्थानको प्रचार गरी पर्यटन विकास र प्रवर्दनमा टेवा पु¥याऔं ।

हाम्रो कालिकास्थान धैबुङ्ग, रसुवा को फेसबुकबाट साभार तथा प्रेमप्रसाद पौडेलद्वारा सम्पादित । Photo : प्रेमप्रसाद पौडेल