मत जाला खेर

(प्रेमप्रसाद पौडेल)

सुन्नुहोला दिदी बहिनी सुन्नुस् बुबा आमाप्रेमप्रसाद पौडेल

तयार हुनुस् मङ्सीर १० मा भोट हाल्न जान ।  

तपाईले रोज्नुभाको अनि खोज्नुभाको

गाउँघरको विकास गर्न हरहमेशा आको ।।

त्यस्तो मान्छे खोजीकन चिन्ह रोजीकन

मतदान गर्नैपर्छ जसलाई पर्छ मन ।।

 

यो चुनावमा मतपत्र हुन्छ तीन वटा

तीन वटैमा आफ्नै आफ्नै हुने गर्छन् कोठा ।

अर्को कोठा नछोइकन एउटै चिन्हाँ मात्र
अर्को कोठाँ छोयो भने फेरि पर्छ जात्रा ।।

 

औठाछाप लाउन हुन्न पट्याउँदा पनि

तल्लो, पल्लो, माथिल्लोमा छापिएला भनी ।

विचार पुर्याई बाक्साँ हाल्नुस्  जानुहुन्न लेर

विचार पुर्याउँ बदर भई मत जाला खेर ।।