गजल : सन्दर्भ -पैरेबेसी, रसुवाको बाढी

फणीन्द्र प्रसाई


मनकाे घाउ पखाल्दिँदा , के हुन्थ्याे बाढीले
घरबार बिहीन नै बनायाे,के धुन्थ्याे बाढीले ?

कति राेए कराए हाेलान् ,त्याे अँधेरी रातमा
बाैलाउँदै अाएकाे बेला, के सुन्थ्याे बाढीले ?

बृद्ध,महिला,केटाकेटी,छाेडेन कसैलाई पनि
नछुट्याई लाने बानी रैछ,के चुन्थ्याे बाढीले ?

मित्रता र सहयाेगकाे ,जाली बुन्नु पर्छ यहाँ 
हात सबैका अघि बढाउँ,के बुन्थ्याे बाढीले ।

अाँशुका भेलछन् बगेका, मुल नै थुन्नु पर्छ
थुन्ने हाे हामी सबै मिली,के थुन्थ्याे बाढीले ।

प्रहरी नायव उपरीक्षक, रसुवा 
मिति २०७४/०५/०२