जिबजिबे नीलकण्ठ महादेव मन्दिर

समुद्री सतहबाट करीब १४०० मीटर उचाईमा रहेको यो स्थान रमणीय स्थानको रूपमा रहेको छ 

रसुवा जिल्लाको साबिक धैबुङ गाविस वडा नं ८ तथा हाल कालिका गाउँपालिका वडा नं ५ मा रहेको नीलकण्ठ महादेव मन्दिरलाई जलेश्वर महादेँ मन्दिरको नामले पनि चिनिन्छ । स्थानीयहरू यस मन्दिरलाई थुम्कीका महादेव पनि भन्दछन् ।

ज्वालामुखी भुमेको स्थान पनि सँगै रहेको यो स्थानमा देशका विभिन्न स्थानमा जस्तै रसुवामा पनि बालाचतुर्दशीका दिन मेला लाग्ने र भोलिपल्ट  दिवंगत आत्माको शान्तिको कामना गर्दै सतबीज छर्ने गरिन्छ ।

बालाचतुर्दशीका दिन धान, गहुँ, मास, मुगी, कागुन र सामा मिलाईएको सप्तधानायूक्त सतविज र विभिन्न प्रकारका फूलहरु छर्नाले पितृहरूले सदैव भोजन पाउने भन्ने जनविश्वास अनुसार रसुवा, नुवाकोटलगायतका स्थानबाट आएका भक्तजनले  सतबीज छर्छन्।  सतबीजमा कागती, निबुवा, भप्पु, विमिरो, सुन्तला, स्याउ, उँखु, अम्बा, केरा जस्ता फलफूल पनि समावेस गर्ने गरिएको भक्तजनहरू बताउँछन् ।

समुद्री सतहबाट करीब १४०० मीटर उचाईमा रहेको यो स्थान रमणीय स्थानको रूपमा रहेको छ ।