अधुरै रह्यो ब्ल्याक भिलेजको सपना

हाँका युवाहरुको एउटा सपना थियो– कालो छाना भएको गाउँको रुपमा गतलाङलाई चिनाउने । मिल्थ्यो या मिल्ने थिएन, गिनिज बुकमा ब्ल्याक भिलेजको रुपमा उल्लेख गराउन तल्लीन थिए युवाहरु । तर विनाशकारी भुकम्पका समयमा सरकारी तथा गैरसरकारी संस्थाले दिएका राहतका जस्तापाताका कारण आज यो गाउँलाई ब्ल्याक भिलेज (कालो छाना भएको) गाउँबाट सेतो छाना भएको गाउँमा परिणत गरिदिएको छ ।    

                           प्रेमप्रसाद पौडेल                                           

 

पश्चिमे तामाङहरुको मौलिक र जीवित संस्कृति अध्ययनको थलोको रुपमा यस गाउँलाई चिनाउँदा कुनै फरक पर्दैन ।

उसिनेको आलुसँग प्रोमो (टिमुर) को अचार, स्थानीय हिमाली र फलामे चामलको भातसँग सिमीको दाल, साँझपख चुरुप्प पार्न जौको रक्सी, एकाविहानै ओछ्यानमै पिउन छ्याङ वा जाँड, चौरीको दुधसँग घोलेर खान करुको सातु यहाँका मुख्य खानेकुराहरु हुन् ।

काठमाण्डौको बौद्धमा बेचिने करुको पीठो यही गाउँको हो । 

तिहाँसिक, पर्यटकीय र धार्मिकस्थल पार्वतीकुण्डको कछारमा मस्तसँग पलेटी मारेर बसेको तथा आम्नेसाम्नेमा मनमोहक पहराहरुद्वारा घेरिएकोे सांस्कृतिक गाउँ हो गतलाङ । पूर्वतर्फबाट लाङटाङ हिमालले चियाइरहेको छ । लाग्छ, विवाहपछि दुलाहाले दुलहीलाई हेरेजस्तै लाङटाङले गतलाङलाई लुकीलुकी हेरिरहेको छ । 


रसुवा जिल्लाको सदरमुकाम धुन्चेबाट उत्तरतर्फ गणेश हिमाल (सोमदाङ) जाने सडक मार्गमा अवस्थित छ गतलाङ । स्थानीय भाषामा यसलाई भनिन्छ । गलङको अर्थ तन्दुरुस्त हुने वा यो गाउँमा गएपछि वा बसेपछि रोगबाट ग्रस्त मानिस पनि स्वस्थ हुन्छ भन्ने विश्वास रहेको छ । स्थानीय संस्कृतिविद् फुर्पा तामाङका अनुसार गलङको अर्थ विस्तारै बोली बोल्ने मानिसहरुको बस्ती पनि हो । 

दुई हजार तीन सय मीटर उचाईमा अवस्थित गतलाङ गाउँमा सन् २००१ देखि २००५ सम्म ग्रामीण गरिबी निवारणका लागि ग्रामीण पर्यटन विकास कार्यक्रम (टिआरपीएपी) ले पर्यटन प्रवर्दन तथा विकासका लागि विशेष कार्यक्रम सञ्चालन गरेको थियो । गतलाङ, गोल्जुङ, चिलिमे, थुमन, टिमुरे, बृद्धिमलगायतका गाउँलाई समेटेर तामाङ सम्पदा मार्ग  (तामाङ हेरिटेज ट्रेल) को विकास भएको थियो ।
 

विनाशकारी भुकम्पभन्दा अघि पाङलिङ अर्थात् फल्याकबाट पुरै गाउँको छाना छाइएको थियो । यहाँका युवाहरुको एउटा सपना थियो– कालो छाना भएको गाउँको रुपमा गतलाङलाई चिनाउने । मिल्थ्यो या मिल्ने थिएन, गिनिज बुकमा ब्ल्याक भिलेजको रुपमा उल्लेख गराउन तल्लीन थिए युवाहरु । तर विनाशकारी भुकम्पका समयमा सरकारी तथा गैरसरकारी संस्थाले दिएका राहतका जस्तापाताका कारण आज यो गाउँलाई ब्ल्याक भिलेज (कालो छाना भएको) गाउँबाट सेतो छाना भएको गाउँमा परिणत गरिदिएको छ । विनाशकारी भुकम्प भन्दा अघिको र भुकम्प भन्दा पछिको यो गाउँको दृश्य धरै फरक छ । कालो छाना हुँदा देखिने दृश्य र सेतो छाना हुँदा देखिने दृश्य निकै फरक छ । 

यहाँका स्थानीय आमा, दिदी बहिनीहरु पर्यटकलाई न्यायो स्वागत गर्नमा तल्लीन रहन्छन् पनि । तामाङ सम्पदा मार्ग विशेष गरी गलालाङ गाउँको प्रमुख पर्यटकीय आकर्षणहरुमा भेषभूषा, रहनसहन, स्वागत, सत्कार, प्राकृतिक सम्पदा, हिमाल, पार्वतीकुण्ड, जागेश्वर कुण्ड, समथर घाँसे मैदान, वन्यजन्तु, पश्चिमे तामाङ संस्कृति अध्ययन, स्याब्रुनाँच, माने नाख्च, घोडानाँच, जरायोनाँच, घले दरबार र विभिन्न ऐतिहाँसिक, सांस्कृतिक र प्राकृतिक सम्पदाहरु हुन् ।  

यस गाउँ तथा वरपरका गाउँमा फल्ने अन्न तथा तरकारी बालीहरुमा रासायनिक मल तथा विषादीको प्रयोग हुँदैन, स्वच्छ हावापानी र गाईभैंसीको मलको प्रयोगबाट उत्पादित खानेकुरा खान पाउनु यहाँको अर्को विशेषता हो ।

 

तामाङ संस्कृति, भेषभूषा, परम्परा, भाषा र शैली अध्ययनको लागि उद्गम स्थल  हो गतलाङ । पश्चिमे तामाङहरुको मौलिक र जीवित संस्कृति अध्ययनको थलोको रुपमा यस गाउँलाई चिनाउँदा कुनै फरक पर्दैन । जैबिक विविधता र प्राकृतिक मनोरमताले पूर्ण गतलाङ गाउँमा बाह्रै महिना स्वदेशी तथा विदेशी पर्यटकको आवागमन हुने गर्दछ । आवासका लागि हामेस्टे, होटल र लज रहेका छन् भने स्थानीय खानादेखि चाइनिज, इटालियन, अमेरिकन, कन्टिनेन्टल खानाहरु पाइन्छ । 


थुप्रै संख्यामा रहेका मानी र छोर्तेनहरुले यहाँको सांस्कृतिक र पर्यटकीय विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । यस गाउँमा बैशाख र मङ्सीर महिनाको पूर्णिमाको समयमा एक हप्ताभन्दा बढी दिन मानी नाँचसँगै विशेष मेला लाग्ने गर्दछ । भदौको जनैपूर्णिमा र जेठको गंगा दशाहरा मेलामा पनि यहाँ रहेको पार्वतीकुण्डमा विशेष मेला लाग्ने गर्दछ । यहाँ आउने पर्यटकले म होटलमा बसिरहेको छु भनेर अनुभूति गर्न पाउँदैन, घरमा नै बसेको आभास पाउँछ, यो यहाँको विशेषता पनि हो । तामाङ सम्पदा मार्गको रुपमा स्थापित यो गाउँमा स्वदेशी तथा विदेशी पर्यटकहरु कम्तीमा एक रात बिताउने गर्दछन् । यहाँका स्थानीय आमा, दिदी बहिनीहरु पर्यटकलाई न्यायो स्वागत गर्नमा तल्लीन रहन्छन् पनि । तामाङ सम्पदा मार्ग विशेष गरी गलालाङ गाउँको प्रमुख पर्यटकीय आकर्षणहरुमा भेषभूषा, रहनसहन, स्वागत, सत्कार, प्राकृतिक सम्पदा, हिमाल, पार्वतीकुण्ड, जागेश्वर कुण्ड, समथर घाँसे मैदान, वन्यजन्तु, पश्चिमे तामाङ संस्कृति अध्ययन, स्याब्रुनाँच, माने नाख्च, घोडानाँच, जरायोनाँच, घले दरबार र विभिन्न ऐतिहाँसिक, सांस्कृतिक र प्राकृतिक सम्पदाहरु हुन् ।  


यो गाउँ साबिक गतलाङ गाविस (वडा नं १ देखि ७ सम्म)  हो र अहिले पुनर्संरचना पश्चात् पार्वतीकुण्ड गाउँपालिका वडा नं ३ । यस गाउँ तथा वरपरका गाउँमा फल्ने अन्न तथा तरकारी बालीहरुमा रासायनिक मल तथा विषादीको प्रयोग हुँदैन, स्वच्छ हावापानी र गाईभैंसीको मलको प्रयोगबाट उत्पादित खानेकुरा खान पाउनु यहाँको अर्को विशेषता हो । उसिनेको आलुसँग प्रोमो (टिमुर) को अचार, स्थानीय हिमाली र फलामे चामलको भातसँग सिमीको दाल, साँझपख चुरुप्प पार्न जौको रक्सी, एकाविहानै ओछ्यानमै पिउन छ्याङ वा जाँड, चौरीको दुधसँग घोलेर खान करुको सातु यहाँका मुख्य खानेकुराहरु हुन् । काठमाण्डौको बौद्धमा बेचिने करुको पीठो यही गाउँको हो । 


यहाँको पर्यटन विकास गरी गरिबी न्यूनीकरण तथा जनताको जीविकोपार्जनका लागि विभिन्न कार्यक्रमहरु स्थानीयस्तरबाट पनि तय भइरहेको छ । कालो छानालाई जीवित बनाउँदै विश्वमा नै कालो छाना भएको गाउँको रुपमा गतलाङलाई चिनाउन थप कार्य गरिने स्थानीय पर्यटन होटल व्यवसायी फुर्पुसिङ्गी तामाङ बताउँछन् ।  उनका अनुसार पुराना शैलीका घर र कालो छाना पर्यटन विकासको पर्यायी भएकोले कालो छानालाई कायम राख्न युवाहरु छलफल भइरहेको छ । भुकम्पपछिको पुननिर्माणमा सरकारले निर्दिष्ट गरेको मापदण्ड अनुसारका घरले स्थानीय आवश्यकतालाई पुरा नगर्ने पनि स्थानीयको भनाई छ । 

See also @NagarikNews.Com