बिद्युतीय तारबारका कारण वन्यजन्तु द्वन्द्व घट्दै

स्याफ्रु ,रसुवा / वर्षेनी वन्य जन्तुले खेतीबालीको अन्न नष्ट गर्ने समस्यामा परेका ब्राबलका किसानहरु अव त्यस्तो समस्याबाट मुक्त भएका छन् । लाङटाङ राष्ट्रिय निकुन्ज र विश्व बन्य जन्तु कोषको सहयोगमा निकुन्ज तथा मध्यवर्ति सहयोग आयोजनाले परीक्षण स्वरुप विद्युतीय  तारबार निर्माण गरे पछि उक्त समस्या हल भएको छ ।

राष्ट्रिय निकुन्ज लागू हुनु अघि रसुवा जिल्ला स्याफ्रु गाउँ विकास समिति ब्राबलका स्थानीयहरु बनमा आश्रित थिए । उनीहरुको आम्दानीको मूख्य स्रोत भनेकै बनको जडिबुटी संकलन गरी बिक्री गर्नु थियो । कानुन नहुँदा बाली नाली क्षति गर्ने बन्य जन्तु मार्न धराप, पासो थाप्ने र लखेट्ने पनि गर्थे । निकुन्ज लागू भए पश्चात स्थानीयहरुले आफ्नै  जमिनमा उत्पादन हुने आलुु , मकै , गहँु र जौको भरमा मात्रै गुजारा चलाउनु थालेको स्थानीयबासी बताउँछन् ।

दुःख गरेर लगाएको अन्न बाली बँदेल, बाँदर, मृग र भालुबाट जोगाउन ब्राबलबासी बारीभरी बुख्याँचा ठड्याउँथे त कहिले रात भरी टिन बजाँउथे । बर्र्ष भरी खानु पर्ने अन्न बाली गहुँ, जौ, आलु र मकै बन्य जन्तुले नष्ट गर्दा समस्यामा परेका थिए घेरावार लगाउन पाएमा बाली सुरक्षित हुने थियो स्थानीय भुनिमा तामाङले बताउँनुभयो । आर्थिक बर्ष २०७१/ ०७२ को कार्यक्रम अन्र्तरगत सुर्यकुण्ड मध्यवर्ती उपभोक्ता समितिमा समुदाय छलफल गरी लाङटाङ राष्ट्रिय निकुन्ज र निकुन्ज तथा मध्यवर्ति सहयोग आयोजनाले परिक्षणको लागी बिद्युतिय तारबार निर्माण भएपछि उक्त समस्याबाट मुक्ति मिलेको तामाङले बताउनुभयो ।

आयोजनाको अनुदान सहयोग रु २० लाख स्थानीयको जनश्रमदान रु ३ लाख ५० हजार गरी कुल २४ लाखको लागतमा २.७ किलोमिटर लामो विद्युतीय तारबारले १ सय ६० रोपनी खेति योग्य जमिन घेरिएकोछ निकुञ्ज सहयोग आयोजनाका राजबहादुर राईले बताउँनुभो । । निर्माण कार्य पछि ब्राबल गाउँका ३२ घरघुरीले बन्यजन्तुबाट बाली नाली जोगाउन बारीमा बुख्याचा राख्ने र टिन झुन्ड्याउनु बजाउन परेको छैन । तारबारले बाँदर छेक्न नसकिने र बाँदरले दिउँसो कहिले काँही मात्र दुःख दिने भएकाले बाँदर भन्दा ठूलो समस्यको रुपमा रहेको भालु, बँदेल र मृग पुरै नियन्त्रण भएको स्थानी दावा तामाङले बताउँनुभयो । अब ढुक्कले उत्पादन गरेर जीविका चलाउन सकिन्छ भने विद्युतीय  तारवार पछि मानव वन्यजन्तु द्वन्द न्यूनिकरण  भयो उहाँले थप्नुभयो ।

दिउँसै बँदेलले बारी सवै भत्काउथ्यो जंगली जनावरबाट बचाएको अन्नले मेरो परिवार लाई ३ महिना मात्र खान पुग्थ्यो, गुजारा चलाउनकै लागि ज्याला मजदुरी गरें ।” अव मन लगाएर खेतीको काम गर्न थालेको छु स्याफ्रु गाविस वडा नं ७ का छिरिङ तामाङले भन्नुभयो । परिक्षणका लागि विद्युतीय  तारवार लगाएको र यस्तै कार्यक्रम लाङटाङ गाउँमा पनि माग भएको मध्यवर्ती क्षेत्र सहयोग आयोजनाका प्रमुख गौतम पौडेलले बताउँनुभयो । यस वर्ष हरियो वन कार्यक्रमबाट भूकम्पले बिग्रे भत्केका पदयात्रामार्ग निर्माण तथा मर्मतका काम भए । आगामी वर्ष कार्यक्रमबाट यस्ता कार्यक्रमहरु हुनसक्ने गौतमले जानकारी दिनुभयो ।