रसुवामा ८०.७३ प्रतिशत मत खस्यो

धुन्चे,  आइतबार भएको प्रतिनिधि र प्रदेशसभा चुनावमा रसुवामा ८०.७३ प्रतिशत मत खसेको छ । कुल ३२ हजार तीन सय २२ मतदाता रहेका रसुवामा २६ हजार ९४ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

पैतालीस मतदान केन्द्रमा मतदान कार्य सौहार्द्रपूर्ण वातावरण सम्पन्न भएपछि सबै मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सिलबन्दी गरी राखिएको छ ् सो को सुरक्षाका लागि  नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना खटाइएको छ ।