मतपेटिकाको सुरक्षाका लागि सिसिटिभी

धुन्चे, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा मतदाताहरूले जाहेर गरेका मतपेटिकाको सुरक्षाको लागि सिसिटिभीको जडान गरिएको छ । प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले दिनुभएको जानकारी अनुसार मतपेटिकाको उच्च सुरक्षाको लागि उक्त सिसिटिभी जडान गरिएको हो । 

रसुवाका ४५ वटा मतदान केन्द्रका मतपेटिकाहरू जिल्ला प्राविधिक  कार्यालयमा शिलबन्दी गरेर रखिएको छ । 

मतपेटिकाको सुरक्षार्थ रसुवाका दुबै गठबन्धनका प्रतिनिधिहरू कुरेर बसिरहेका छन् ।