धैबुङ कालिका साना किसान सहकारीले ९ प्रतिशत बोनस दिने

कालिकास्थान । धैबुङ कालिका साना किसान कृषि सहकारी संस्थाले सेयरधनीलाई ९ प्रतिशत सेयर लाभांस वितरण गर्ने भएको छ । संस्थाको तेस्रो अधिबेसन तथा छैठौं वार्षिक साधारण सभाबाट उक्त निर्णय भएको प्रबन्धक पूर्णप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

संस्थाका अध्यक्ष विष्णुप्रसाद पौडेलले दिनुभएको जानकारी अनुसार यस वर्ष संस्थाले  १३ लाख ३५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । कुल आम्दानी ३९ लाख ३२ हजार रुपैयाँ मध्येबाट सो अवधिमा भएको कुल खर्च २५ लाख ९७ हजार रुपैयाँ कटाई १३ लाख ३५ हजार रुपैयाँ नाफा आर्जन गरेको हो ।

जिल्ला समन्वय समितिका सदस्य अर्जुन पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कालिका गाउँ पालिका अध्यक्ष सीता अधिकारी, उपाध्यक्ष भवानी न्यौपाने, वडा अध्यक्षहरु पुष्पराज न्यौपाने, बिक्रम लोप्चन, सेयर सदस्य शर्मिला न्यौपाने, विष्णु देवकोटा लगायतका बक्ताले शुभकामना ब्यक्त गर्नुभएको थियो । 

ग्रामीण तहमा सहकारीले छरिएर रहेको पुँजीलाई संकलन गरी कृषि तथा बिभिन्न ब्यवसायमा लगानी गर्दै  संस्थाले सेयर सदस्यहरूको ब्यवसायिक बृद्धि विकास र आर्थिक उन्नतीमा टेवा पु¥याउने संस्थाले जनाएको छ ।