एनएमबी बैंकले सुरु गर्यो एटिएम सेवा

धुन्चे । एनएमबी बैंक धुन्चे शाखाले ग्राहकको सुबिधालाई मध्यनजर गर्दै एटिएम सेवा सञ्चालनमा ल्याएको छ । शाखाका अप्रेशन इन्चार्ज बिनुपराज खनालका अनुसार बिहान ६ बजेदेखि बेलुकी १० बजेसम्म ग्राहकके एटिएम सेवा लिन सक्नेछन् । खनालका अनुसार आगामी दिनमा २४ सै घण्टा उक्त सेवा सञ्चालनमा ल्याउने तयारी भईरहेको छ । 

यसअघि सदरमुकाम धुन्चेमा जनता बैंक र एनबी बैंक एटिएम सेवा दिइरहेको छ भने स्याफ्रुमा प्रभु र मेगा बैंक र टिमुरेमा सानिमा बैंकले  एटिएम सेवा दिँदै आईरहेका छन् ।