चिलिमेको नगद लाभांश बैंकमा जम्मा गरिने

रसुवा । आर्थिक वर्ष २०७३/०७४ मा चिलिमे जलविद्युत कम्पनीले दिने १० प्रतिशत नगद लाभांश बैंक खातामा जम्मा गरिने कम्पनीले जनाएको छ ।

हितग्राही खाता अद्यावधिक गरिसकेका  सेयरधनीहरूलाई सिधै सम्बन्धित खातामा जम्मा गरिने र खाता अद्यावधिक नगरेका सेयरधनीलाई खाता अद्यावधिक गर्न गराउन कम्पनीले अनुरोध समेत् गरेको छ । 

सेयरधनीहरूको अद्यावधिक खातामा मङ्सिर २७ गतेबाट रकम जम्मा गरिने चिलिमे जलविद्युर कम्पनीले जारी गरेको सूचनामा बताईएको छ । कार्तिक २४ गते बसेको कम्पनीको साधारण सभाबाट १० प्रतिशत नगद र १० प्रतिशत सेयर बोनस वितरण गरिने निर्णय भएको थियो । 

सोही सूचना अनुसार कम्पनीले सेयर अभौतिकीकरण नगरेका सेयर धनीहरूलाई सेयर अभौतिकीकरण गर्न समेत् निवेदन गरेको छ ।