रसुवामा लोकतान्त्रिक गठबन्धनको प्यानल विजयी

धुन्चे । मङ्सीर १० मा सम्पन्न निर्वाचनको मतगणना परिणामबाट लोकतान्त्रिक गठबन्धनको प्यानल नै विजयी भएको छ ।

प्रतिनिधि सभातर्फ नेपाली काङ्ग्रेसका मोहन आचार्यले कुल १४ हजार ४ सय ५३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्दी तथा वामगठबन्धन (एमाले) का जनार्दन ढकालले १० हजार ९ सय ७६ मत प्राप्त गरेका थिए । चार हजार २ सय मतान्तरसहित आचार्य विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।

प्रदेश सभा १ मा नेपाली काङ्ग्रेसका प्रभात लामा ६ हजार ९ सय ७६ मत प्राप्त गरी विजयी   भएका छन् । नेकपा (एमाले) का कर्न्याल लामा १ हजार ८ सय २४ मत अन्तरले पराजित भएका छन् । एमालेका लामाले ५ हजार १ सय ५२ मत प्राप्त गरेका हुन् ।

 त्यस्तै  प्रदेश २ मा नयाँ शक्तिका प्रेम तामाङले ७ हजार ४० मत प्राप्त गरी विजयी भएका छन् । प्रतिद्वन्दी माओवादी केन्द्रका इन्द्र गोतामे (जगतजंग) ले तामाङको भन्दा  १ हजार ३ सय मत कम प्राप्त गरेका छन् । गोतामेले ५ हजार ६ सय ९२ मत प्राप्त प्राप्त गरेका छन्  ।

रसुवामा कुल २६ हजार १ सय १४ मत खसेको थियो ।