रेडियो रसुवाले शिक्षा पत्रकारिता पुरस्कार पायो

रसुवा, पुष १९ – संस्थागत शिक्षा पत्रकारिता पुरस्कार २०७२ बाट रेडियो रसुवा पुरस्कृत भएको छ । नेपालको शैक्षिक विकासका लागि योगदान पु¥याएकोले एफएम रेडियो तर्फबाट संस्थागत शिक्षा पत्रकारीता पुरस्कार २०७२ वाट रेडियो पुरस्कृत भएको हो । 
२०६८ सालमा स्थापना भएको रेडियो रसुवाले शिक्षा, स्वास्थ्य, खानेपानी तथा विकासको पुर्वाधारको वारेमा आम नागारिकलाई सु–सुचित गर्दै आएको छ । जिल्लामा तीन वटा रेडियो सञ्चालनमा रहको भएपनि शिक्षा पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुने भने रेडियो रसुवा पहिलो रेडियो हो ।