पितृमोक्षका लागि उत्तरगयामा श्राद्द

बेत्रावती,  संसारका चारधाम मध्येको एक धाम मानिने रसुवाको बेत्रावतीमा दिबंगत पितृहरूको मोक्षका कामना गर्दै श्रद्दालुहरूले तर्पण र श्राद्द गरेका छन् । रसुवा र नुवाकोटको सिमानामा पर्ने बेत्रावतीमा भारत तथा देशभरिबाट बर्षेनी श्रद्दालुहरू आउने गर्दछन्  । 

त्रिशुली, फलाँखु र सलाँखुको त्रिसंगम मानिने उक्त धार्मिक स्थलमा हिजोदेखि नै श्राद्द गर्ने भक्तजनहरू आएका थिए । 

एक पौराणिक किंवदन्ती अनुसार  सत्ययुगमा देवता र दानव मिली समुद्र मथन गर्दा निस्केको “हलाहल” नामक कालकूट विषले संसार दग्ध गराउन लाग्दा संसारको रक्षार्थ शिवजीले उक्त विष निल्नुभएको थियो । शिवजीले निल्नुभएको विष घाँटीमा अड्कन गएकोले उहाँलाई डाहा भएको र डाहा शान्त गर्न छट्पटिएर बेतको लौरो र त्रिशूल लिएर निस्कनु भएको शिवजी अहिले उत्तरगयाको नामले चिनिएको बेत्रावतीमा आइपुग्नु भएको थियो । पानी प्यास लाग्दा बेतको लौरीले खोपेर सबैलाई पुण्य दिने बेत्रावती नदीको उत्पत्ति भएको भन्ने परिचय माथिको कविताले दिएको छ । “त्यही पानी पिएर भगवान शिवले प्यास मेटाउनु भएको थियो” पौराणिक कथनमा उल्लेख गरिएको छ ।  


बेतको लौरीबाट उत्पत्ति भएकी “बेत्रावती” नदीका नामबाट नामाकरण हुन गएको यो स्थान रसुवा र नुवाकोट जिल्लामा पर्दछ । दुबै जिल्लामा बेत्रावतीको भू–भाग बराबर जस्तै भएपनि महत्वपूर्ण संरचना भने रसुवाका भूभागमा रहेका छन् । समुद्री सतहबाट ७१४ मी. उचाईमा अवस्थित बेत्रावती रसुवाको प्रवेशद्वार हो । पासाङल्हामु सडकखण्ड त्रिशूली बजारबाट ८ किमी उत्तर, फलाँखु, सलाँखु  र त्रिशूली नदीको त्रिसंगमको रूपमा रहेको बेत्रावती सबैको धार्मिक आस्थाको धरोहर बनेको छ ।

रसुवा र नुवाकोटका अधिकाँश क्षेत्रका मानिस (हिन्दु) हरूको मृत्युपश्चात यही नदीमा देहदहन गर्ने गरिन्छ । यस पुण्यभूमिमा देहदहन, वितेका पुर्खाको नाममा श्रद्धा तथा यस क्षेत्रमा धार्मिक कार्य गर्दा मृत्युपर्यन्त मानिस सिधै कैलाशमा जान्छ भन्ने जनविश्वास रही आएको छ  सोही विश्वास अनुसार  नेपाल तथा भारत र अन्य देशबाट विशेष गरी पौषे औंशीका दिन पुर्खाको नाममा श्रद्धा गर्नेको भीड लाग्ने गरेको हो । अधोगति (असामयिक निधन वा दुर्घटनामा परी मरेका) परेका पुर्खाको नाममा यहाँ पुगेर तर्पण मात्र दिए पनि उनीहरूको देह मोक्ष हुने जनविश्वास रही आएको छ ।  

पौराणिक तथा धार्मिक महत्व र सन् १८४९ मा भएको नेपाल चीन युद्ध रोक्न गरिएको बेत्रावती सम्झौता, यहाँको राम, लक्ष्मण, सीता, हनुमान, सलाँखु, फलाँखु र त्रिशूली नदीको त्रिसंगम बेत्रगंगा, उत्तरगया, पौषेऔंशी,एकादशी, गाइजात्रा तथा मात्रेसंक्रान्ति पर्वका गोरू जुधाइ जस्ता पर्व र उत्सवहरू यहाँ मनाईने गर्छ ।