ओलीको भ्रमणले रसुवाबासी उत्साहित

टिमुरे । पूर्व प्रधानमन्त्री नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको टोलीले रसुवा भ्रमण गरेपछि रसुवाबासी उत्साहित भएका छन् । भावी प्रधानमन्त्रीको रूपमा रहेका ओलीको भ्रमणले रसुवाको विकास उच्च गतिमा पुग्ने आशा रहेको रसुवावासीहरू  बताउँछन् । प्रधानमन्त्री हुँदा ओलीले रसुवागढी नाका विकास गर्न सकरात्मक भूमिका खेलेको कारण अझ यो भ्रमणले  रसुवालीमा थप उत्साह आएको बताईएको छ । 

ओलीले काठमाडौंबाट रसुवागढीसम्मको हालको २ लेनको सडक कालोपत्रे गर्ने र खोलापारीबाट ४ लेनको सडक निर्माण चाँढै थाल्ने बताउनुभयो । नेपाल–चीन सीमास्थित टिमुरेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सो क्षेत्रबाटै रेलमार्ग निर्माण गर्ने बताउनुभयो । रसुवागढीमा स्थानीय जनतालाई सम्बोधन गर्दै ओलीले उनीहरुका माग तथा गुनासो सुन्नुभयो । स्थानीयले भने सडक कालोपत्रे, भन्सारको व्यवस्थापन र चिनियाँ पक्षबाट आइपरेका झण्झटका बारेमा ओलीको ध्यानाकर्षण गराएका थिए । पर्यटकीय क्षेत्र लाङटाङ यस अघि भूकम्प पछि पनि पुग्नु भएको ओलीको आगमनले यस क्षेत्रको विकासमा टेवा पुग्ने भएकोले स्थानीय उत्साही भएका छन् ।

एमालेका महासचिव क.ईश्वर पोखलरेल, पूर्व संविधान सभाका अध्यक्ष एबम नेकपा एमाले स्थायी कमिटी सदस्य क. सुवासचन्द्र नेम्वाङ ,पार्टीका उप-महासचिब क.बिष्णु पौडेलसहितको टोलीले रसुवा भ्रमण गरेका हुन् । 

भ्रमण टोलीम  रसुवाका पूर्व सांसद तथा एमाले नेता जनार्दन ढकाल एवं पार्टी जिल्ला अध्यक्ष कर्नेल लामा , जिल्ला समन्वय समितिका सभापति कुलप्रसाद भट्ट, तेम्रेल तामङलगायत एमाले जिल्ला नेकपा माओवादी केन्द्रका नेताहरु भ्रमणमा सहभागी थिए । कार्यक्रममा स्थानीय जिल्लाका ब्यापारी, उद्योगी, स्थानीयवासी , पार्टी नेता तथा कार्यकर्ताहरुसँग भेटघाट भएको जनाईएको छ ।