काठमाण्डौं, बैशाख १२ र त्यसपछिको भुकम्पद्वारा ज्यान गुमाउने रसुवालीहरूको मुक्तिको कामना गर्दै खम्ढु रिन्पाेर्क्षद्वारा रसुवाको पैदल भ्रमण भएको छ ।
काठमाण्डौ स्थित सेतो गुम्बा र याेङ ड्रुक्पा एसाेसियसन नेपालद्वारा आयोजित उक्त पैदलयात्रामा स्वदेशी तथा बिदेशी गरि २५० भन्दा बढी ब्यक्ति सहभागिता रहेको छ ।
उक्त भ्रमणमा भुकम्पमा परि मृत्यु भएकाे मृतकहरुकाे अत्मले शन्ति प्राप्त हाेस्, भुकम्पले क्षति भएका संरचनाहरुकाे पुन निर्माण गर्न पीडितहरुकाे मनाेबल बृद्वि हाेस, नेपालकाे हिमाली क्षेत्रहरुमा ईकाे पथ यात्राकाे मध्यमबाट फाेहरमैला मुक्त र प्लास्टिक मुक्त क्षेत्रकाे रुपमा स्थापित हाेस् सासाथ सधै सकारात्मक बिचार मात्र ल्याउन सफलता मिलाेस् भन्ने कामना समेत् गरिने भएको छ ।
पौष ४ गते देखि ११ गतेसम्म हुने उक्त भ्रमण मैलुङबाट तिरु, ठुलाे हाकु, सानाे हाकु, नेसिङ, ग्रे, गतलाङ, पार्बतीकुण्ड, चिलिमे, ताताेपानी, नागथली, थुमन, टिमुरे हुँदै स्याफ्रुबेसीमा अन्त्य हुने गतलाङका फुर्पुसिङ्गीले बताए ।