प्रदेश सभा सदस्यमा शान्ति थिङ

कालिकास्थान, तीन नम्बर प्रदेश सभा सदस्यमा रसुवाकी शान्ति थिङ निर्वाचित भएकी छिन् । समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत जनजाति तथा महिला कोटाबाट थिङ प्रदेश सभा सदस्य बनेकी हुन् । 

उनलाई नेकपा एमाले रसुवाले समानुपातिक उम्मेद्वारमा सिफारिस गरेको थियो । विद्यार्थी जीवनकालदेखि एमालेको राजनीतिमा लागेकी थिङ हाल नेकपा एमाले जिल्ला कमिटि रसुवाको सचिवालय सदस्य समेत् हुन् । 

नेकपा एमाले तथा वामगठबन्धन रसुवाले प्रत्यक्षतर्फ हार व्यहोरेको भएपनि थिङ समानुपातिक तर्फ निर्वाचित भएपछि रसुवाका एमाले संगठनमा हौशला थपिएको बुझिएको छ ।