खेतभन्दा धेरै मुनीको पानी सिधै सिरानमा

बेत्रावती, रसुवाको बोगटीटार क्षेत्रमा लिफ्ट प्रविधि प्रयोग गरी खेतभन्दा निकै मुनीको पानी सिरानमा पुर्याइएको छ । उत्तरगया गाउँपालिकाका प्रमुख उपेन्द्रराज लम्सालका अनुसार ६५ लाख रूपैया लागतमा उक्त लिफ्ट सिंचाई योजना निर्माण गरिएको हो ।

एकसय रोपनी जमिनमा सुबिधा पुग्ने उक्त योजना जिल्ला समन्वय समिति, उत्तरगया गाउँपालिका र कर्डएड संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको हो ।फलाँखुखोलाबाट बोगटीटार, उत्तरगया-५ मा सञ्चालित उक्त योजनाबाट जनतामा निकै उत्साह बढेको बताइएको छ । 

खेत मुनीबाट गंगा बगिरहने तर जमिन सुख्खा रहने भएपछि जनताको जीविकोपार्जनमा प्रत्यक्ष सुविधा पुर्याउन गाउँपालिकाको गाउँसभाले कार्यक्रम तय गरे लगत्तै योजना सुरू गरिएको प्रमुख लम्सालले बताउनुभयो ।