रसुवाली समाज युएई गठन

रसुवाबाट युएई रोजगारीमा गएका युवाहरूको भेलाले रसुवाली युएई समाज गठन भएको छ । बिदेशमा काम गर्न गएपनि त्यहाँ भाइचाराको विकास होस् र समस्या पर्दा समाधान गर्ने उद्देश्यका साथ रामशरण पाण्डेको अध्यक्षतामना समाज गठन भएको समाजका सचिब बिनोद पौडेलले जानकारी दिए । 'नेपालमा मनाईने विभिन्न चाडपर्वलाई एकै ठाउँमा बसेर मनाउने माध्यम पनि समाज हो' उनले भनेका छन् ।

समाजको संरक्षकमा राजनप्रसाद अगस्ती रहेका छन् भने उपाध्यक्षमा सन्तोष बराल, महासचिबमा बिरमान थिङ, सचिब बिनोद पौडेल, सहसचिब कृष्ण राना, कोषाध्यक्ष सुभद्रा अधिकारी, सहकोषाध्यक्षमा तुलसी अधिकारी रहेका छन् । त्यस्तैगरि सदस्यहरूमा ध्रुबप्रसाद अगस्ती, भिम थिङ, रामचन्द्र अधिकारी, भरत तामाङ, सागर पौडेल र ठाकुर रैला रहेका छन् ।

फेब्रुवरी १६ का दिन बलराम न्यौपानेको सभापतित्वमा सम्पन्न प्रारम्भिक अधिवेसन पछि बसेको बैटकले समाजको विकासका लागि विविध कार्यमा जोड दिने निर्णय गरेको छ ।