गोसाइँथान जाँने क्रममा एकजनाको मृत्यु

रसुवाको धार्मिकस्थल गोसाइऊथान जान लाग्दा पहिरोमा  माथिबाट आएको एक यात्रुको निधन भएको छ । जिल्ला प्रहरी कार्यालयले जनाए अनुसार  रौतहट जिल्ला चन्द्रपुर नगरपालिकाका ३८ बर्षिय नम्रता कार्कीकाे  ज्यान गएको हाे ।

गोसाईकुण्ड गाउँपालिका ५ स्थित घट्टे खोलादेखि ५० मिटर माथि पहिरो गएको स्थानमा एक्कासी ढुङ्गा खस्दा कार्किको घटनास्थलमै ज्यान गएको प्रहरी नायब उपरीक्षक सन्तोष तामाङले बताए । 

तामाङका अनुसार सोही ठेगाना भएका मनोज भट्टराइ र रमा आचार्य घाईते भएका छन् । टाउकोमा  चोट लागेका आचार्यको जिल्ला अस्पताल धुन्चेमा उपचार भईरहेको छ भने भट्टराइको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।