लक्ष्यभन्दा बढी राजश्व उठ्यो रसुवागढीमा

यसवर्ष रसुवागढी भन्सारले लक्ष्य भन्दा बढी राजश्व संकलनमा गरेको छ । आर्थिक वर्ष २०७४/७५ मा चार अर्ब ५९ करोड रुपियाँ भन्दा बढी राजश्व संकलन भएको बताइएको छ । 

कुल ३ अर्व ६३ करोड ४ लाख ८८ हजार रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य राखेकोमा साउनदेखि असार मसान्तसम्ममा भन्सार महसुल २ अर्ब ४७ करोड १८ लाख ७४ हजार ५ सय ९ रूपैंयाँ २५ पैसा, अन्तशुल्क १० करोड २१ लाख १९ हजार ८ सय ४३ रुपियाँ , मूल्य अभिबृद्धि कर वापत २ अरब १ करोड ८३ लाख ८४ हजार ४ सय ७० रुपियाँ र अन्य कर वापत १ सय ५८ रुपियाँ गरी कुल ४ अर्ब ५९ करोड २३ लाख ७८ हजार ९ सय ८० रुपैयाँ २५ पैसा राजस्व असुली भएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ । यस वर्ष लक्ष्य भन्दा झण्डै १ करोड राजश्व अशुली भएको भन्सार प्रमुख गोपाल कोइरालाले बताउनुभयो ।

कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुसार आव २०७३/७४ मा दुई अर्ब ९४ करोड ३५ लाख राजश्व संकलन गरिएको कार्यालयको तथ्याङ्क छ । यो आव २०७३/७४ एक अर्ब ८४ करोड ५३ लाख ८१ हजार आठ सय १७ रुपयाँ बढी हो । भन्सार महसुल, आयकर, पर्यटन सेवा शुल्कलगायतका शीर्षकहरुबाट राजश्व संकलन गरिएको हो ।

नेपाल चिन सिमनाको रसुवागढी नाकाबाट रेडिमेड , स्याउ स्याउ, गार्मेन्ट, थान कपडा, जुत्ता, चप्पल, खेलौना, थर्मस, कम्बल, टेलिकम र विद्युत्का विभिन्न उपकरण आयात हुने गरेको छ भने नेपालबाट खुर्सानी, मैदा चिउरा, चाउचाउ निर्यात हुने गरेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।