रसुवाकी ऋतु उसु केन्द्रीय संघमा निर्वाचित

काठमाडौंः नेपाल उसु संघ केन्द्रीय सहकोषाध्यक्षमा उत्तरगया- १, रसुवाकी ऋतु ग्याम्दान निर्वाचित भएकी छिन् । वीरबहादुर तामाङको अध्यक्षतामा निर्वाचित टिममा ग्याम्दान सहकोषाध्यक्षमा निर्वाचित भएकी हुन् । 

आइतबार सम्पन्न साधारण सभाले २८ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसमा सह अध्यक्षमा  जनक बर्तौला, उपाध्यक्षमा प्रनिलध्वज कार्की, दीपक लामा, हरी थापा, शंकर थापा, विष्णु चन्द, दुष्यन्त बस्नेत, नानीबाबु तामाङ र राजीव महर्जन निर्वाचित भएका छन् ।

त्यस्तै महासचिवमा लाक्पा छिरिङ लामा, सचिवमा राजेन्द्र श्रेष्ठ, कोषध्यक्षमा लानम लामा र सह कोषाध्यक्ष ऋतु ग्याम्दान निर्वाचित भएकी छन् । 

सदस्यहरुमा श्यामकृष्ण श्रेष्ठ, जंगबहादुर लामा, लबा ढुंगाना, राजेन्द्रकुमार राई, भोजराज भट्ट, शुभराम मुनानकर्मी, सन्तोष बराइली, कृष्ण लामा, भक्त थापा, रती लामा, अम्बर कुमार थिङ, सुन्दर लामा, निर्मल लामा, नारायण गिरी निर्वाचित भएको संघले जनाएको छ ।