उद्यम विकास सहजकर्ता सञ्जाल गठन

रसुवामा उद्यम विकास सहजकर्ता सञ्जाल गठन भएको छ । उद्यम विकास सहजकर्ता कोर्ष पढेका सहजकर्ताहरूको भेलाले उक्त सञ्जाल गठन गरेको हो । 

व्यवसायिक एकता विकास गर्दै उद्यम विकास सहजकर्ताहरूकाे उचित व्यवस्थापन गर्गनका लागि सञ्र्दैजाल गठन गरिएको बताइएको छ । सञ्जालले  उचित शुल्कमा व्यावसायिक योजना बनाउने काममा सहयोग गर्ने, अाफ्नाे हक अधिकार रक्षाका लागि पनि अावाज उठाउने बताइएको छ । 

सिटिइभिटी बाट उद्यम विकास सहजकर्ता अध्ययन गरेका सहजकर्ताहरूको भेलाले गौरब सापकोटाको अध्यक्षतामा जिल्लास्तरीय सञ्जाल गठन गरेको हो । भेलाले उपाध्यक्ष सुमित्रा बुलुन , सचिव रामराजा बुलुन , कोषध्यक्ष धुमा मोक्तान , सह सचिव हिरादत पौडेल सहित  ८ जना सदस्य सहितको समिति गठन गरेको छ । अध्यक्ष सापकाेटाका अनुसार  केन्द्रिय र प्रदेश सदस्यहरूमा सन्देस पौडेल ,अर्जुन पौडेल ,कृष्ण न्यौपाने , बिन्दा पनेरू रहेका छन् ।