निशुल्क आँखा शिबिर

रसुवा जिल्लाको नौकुण्ड गाउँपालिका वडा नं ६ मा निशुल्क आँखा शिबिर सञ्चालन भएको छ । हिमालयन फाउण्डेसनको सहयोगमा उक्त आँखा शिबिर सञ्चालन भएको हो । 

नौकुण्ड गापा-६ का वडाध्यक्ष धर्म थोक्राले दिनुभएको जानकारी अनुसार छ सय १२ जनाको आँखा जाँच गराइएको छ । सोमध्ये दुई सय २५ जनालाई चस्मा वितरण, पाँच सय ५० जनालाई औषधी वितरण र ८ जनालाई मोतिबिन्दुको समस्या भएकोले तरिबि शिक्षण अस्पतालमा  अपरेसनको लागि रिफर गरिएको छ । 

रिफर गरिएका बिरामीलाई आँखाको अपरेशनसहित आँतेजाँते खर्च समेत् निशुल्क गरिने भएको छ ।