उत्तरगयामा गाइजात्रा पर्व (फोटो, भिडियो)

परम्परागत संस्कृति मनाउने क्रममा रसुवा र नुवाकोट जिल्लाको सिमानामा पर्ने बेत्रावती अर्थात् उत्तरगयामा गाईजात्रा पर्व सम्पन्न भएको छ ।

चारधाममध्ये एक धामको रूपमा परिचित उत्तरगयाधाममा आफ्ना दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै विभिन्न मिष्ठान्न भोजन गाईलाई खुवाउन रसुवाका विभिन्न स्थान जिबजिबे, ज्याङलाङ, रूप्सेपानी, धुसेनी, भदौरे, भोर्ले, कालिकास्थान, मनीगाउँ, हाकु, डाँडागाउँ, ठूलोगाउँबाट र नुवाकोटका फिकुरी, मनकामना, काउले, भाल्चे, मभीर, कुवापानीलगायतका स्थानबाट श्रद्दालु तथा जात्रालु जम्मा भएका थिए ।

गाईलाई नगर परिक्रमा गर्नाले वर्ष दिन भित्र मृत्यु भएका आफन्त गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रही आएको छ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक व्यहोर्नु पर्छ भन्ने देखाउन जनतालाई आ–आफ्ना दिवंगत आफ्न्तका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु भनी आज्ञा दिएकोमा यतिले पनि रानीको चित्त नबुझेपछि विभिन्न प्रकारका प्रहसन तथा व्यग्यात्मक कार्यक्रम गराउने प्रचलन पनि सुरु गरिएको हो। स्रोत : नेपाल खबर 

गाईजात्रा सम्बन्धि केही विषयहरू यहाँ प्रस्तुत गरिन्छ । नेवार समुदायमा चाडपर्व गथामुग:बाट सुरु भई सिथी नख: पछि अन्त हुन्छ । गथामुग: पछि गुन्हुपुन्हि (गाइजात्राको ९ दिन), मोहनी (दशैं), स्वन्ती वा न्हुदँ (तिहार), माघे संक्रान्ती, श्रीपंचमी, सिलाचह्रे (शिवरात्री), चैत्रदशैं, पाँहाचह्रे (नेपालीमा घोडेजात्रा), भोटोजात्रा, बुद्धजयन्ती, आदि मुख्य पर्वहरू मनाउने गर्दछन् । जात्राहरू आफ्नो स्थानीय अनुसार अलग अलग मनाउने गर्दछन् । काठमाडौंमा इन्द्रजात्रा, सेतो मच्छेन्द्रनाथ जात्रा, पाटनमा रातो मच्छेन्द्रनाथ जात्रा, भक्तपुरमा बिस्केट जात्रा, कीर्तिपुरमा सातगाउँले जात्रा, हाँडीगाउँ जात्रा, खोकनामा सिकाली जात्रा, बनेपामा चण्डेश्वरी जात्रा, फर्पिङ्ग जात्रा, आदि जात्राहरू मनाउने गर्दछन् । स्रोत : विकिपिडिया

नेवार समुदायको बाहुल्यता रहेका नेपालका विभिन्न स्थानहरूबाट गाईजात्रा निकाल्ने गरिन्छ । नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । यो नेवार संस्कृतिबाट सुरू भएको जात्रा भए पनि यो पर्वले धार्मिक सहिष्णुता सँगालेको छ । सबै जाति, भाषा र धर्मको लागि गाईजात्राले समेट्ने गर्दछ । नेपाली समाजमा गाईजात्रा व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित छ । गाईजात्रामा नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन । यस दिन भजन कीर्तन पनि गरिन्छ । वर्ष दिनभित्र मरेका मान्छेको दिवंगत आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गाईजात्रा पर्व नेवार समुदाय रहेका विभिन्न ठाउँमा मनाइने गरिन्छ । स्रोत : विकिपिडिया

बेत्रावतीको बारेमा थप लेखहरू

१. महत्वपूर्ण स्थलहरू : उत्तरगयाधाम (रसुवा खबर )

२. महत्वपूर्ण स्थानहरू : चारधाम मध्येको एक धाम-उत्तरगया (बेत्रगंगाधाम) साझासवाल/रसुवा

३. बेत्रावतीमा ६ हल गोरूको घम्साघम्सी (रसुवा खबर )

भिडियो

 

 

फोटोहरू