रसुवाका सबै सडक कालोपत्रे गरिने

माघ, २७, कालिकास्थान, रसुवा । रसुवाका सभासद जनार्दन ढकालले बहुवर्षीय योजना मार्फत् रसुवाका सबै सडक कालोपत्रे गरिने बताउनु भएको छ । संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियान अन्तर्गत भोर्लेमा आयोजित कार्यक्रममा ढकालले कार्यकर्तालाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो । संविधानको कार्यान्वनमा एमाले दृढ रहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा पूर्वाधार निर्माण तथा जीविकोपार्जनका लागि एमालेले रोडम्याप कोरेको बताउनु भएको छ ।

कार्यक्रममा बोल्दै नेकपा (एमाले) बैकल्पिक केन्द्रीय सदस्य माधव अर्यालले एमालेको सकृयतमा रसुवामा विकासका धेरै कार्य भइरहेकोले कार्यकर्तालाई बिचलित नहुन पनि ढकालले आग्रह गर्नुभएको छ । एमालेले गरेको विकासका कार्यबाट जनताको जीविकोपार्जनमा टेवा पुगिरहेको समेत् अर्यालले दाबी गर्नु भएको छ ।

त्यस्तै सभासद छोवाङतेन्जिङ तामाङ, प्रदेश सदस्य अशोककुमार घिमिरे, पूर्व पार्टी सचिव कुलप्रसाद भट्टलगायतले संविधान कार्यान्वयनमार्फत् जनताको विकासमा एमालेले खेल्ने भूमिकाको विषयमा कार्यकर्तालाई संबोधन गर्नु भएको छ ।