पुननिर्माणको जिम्मेवारी स्थानीय तहलाई

धुञ्चे, भुकम्पपछिको पुननिर्माणको कार्य अब स्थानीय तहले गर्ने भएको छ । राष्ट्रिय पुनर्निमाण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई, धुञ्चेले बाँकी रहेको पुननिर्माणको कार्य स्थानीय तहलाई जिम्मा लगाएको हो । रसुवामा हालसम्म पुननिर्माणको कार्य ७४ प्रतिशत पुरा भएको छ । 

राष्ट्रिय पुनर्निमाण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइका प्रमुख कृष्णकान्त उपाध्यायका अनुसार पाँचैवटा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र अन्य सरोकारवाला बीच एक समझदारीपत्र तयार गरी पुननिर्माणको जिम्मेवारी दिइएको बताएका छन् । 

व्यक्तिगत आवास िर्माणका लागि रसुवामा  कुल १२ हजार ४ सय ९२ परिवारको संझौता भएकोमा ११ हजार ६ सय ८६ परिवारले पहिलो किस्ता रकम लिएको र ९ हजार २ सय आवास निर्माण भएको उपाध्यय बताए । त्यस्तै नीजि आवासबाहेक गुम्बा, मठमन्दिर र अन्य सामुदायिक संरचना निर्माणको बजेट गाउँपालिकामा निकास हुने बताइएको छ ।