बक्यौता बिद्युत महसुल तिर्न ग्राहकलाई पत्राचार

नेपाल विद्युत प्राधिकरणले दश वर्षे द्वन्द्वकालको विद्युत महसुल बक्यौता रहेको भन्दै रकम तिर्नका लागि ग्राहकहरूलाई पत्राचार गरेको छ । द्वन्द्वकालकाे बक्याैता रहेकाे जिल्लाभरका ७ सय ७१ परिवारमा  प्राधिकरणले पत्राचार गरेकाे छ ।

नेपाल विद्युत प्राधिकरण जिल्ला शाखा रसुवाका प्रमुख कृष्णहरि दाहाले  जिल्लाभर कुल २५ लाख ७१ हजार ७ सय ७४ रुपैयाँ ६० पैसा यस्तो बक्यौता रहेको बताएका छन् । तर ग्राहकहरूले भने आफूले  द्वन्द्वकालमा नै महसुल बुझाएको भएपनि बकयौता रकम तिर्न भनी आएको पत्रप्रति गुनासो गरेका छन् । 

प्राधिकरणले  तत्काल रकम नतिरे कालो सूचिमा नाम राख्ने र लाईन काट्ने पत्रमा लेखेको छ ।