खुल्ला दिशामुक्त घोषणा

चैत्र, १८, कालिकास्थान, रसुवा । रसुवा जिल्लाको उत्तरगया गाउँपालिका र कालिका गाउँपालिकाका वडा खुल्ला दिशामुक्त घोषणा गरिएको छ । साबिकको लहरेपौवा गाविसको वडा नं ८ बाहेकका वडाहरू, डाँडागाउँ, ठूलोगाउँ गाविस र हाकुको ८ र ९ नं वडा मिलेर बनेको उत्तरगया गाउँपालिका चैत्रको १८ गते खुल्ला दिशामुक्त घोषणा गरिएको हो ।

गाउँपालिका बनेपछि पुरै वडालाई खुल्ला दिशामुक्त घोषणा गरिएको यो पहिलो गाउँ पालिका हो । गाउँपालिकामा २५ सय २९ घरधुरी रहेपनि २३ सय ५४ घरधुरीमा शौचालय निर्माण तथा प्रयोग भएको र बाँकी घरमा पुननिर्माणसँगै शौचालय निर्माण हुने प्रतिबद्दता समुदायले जनाएका छन् । यसअघि कालिका गाउँपालिका वडा नं २,३ र ४ लाई पनि खुल्लादिशामुक्त वडा घोषणा गरिएको छ ।

त्यसैगरि गोसाइकुण्ड गाँउपालिका–५ स्याफ्रुलाई पनि खुल्ला दिशामुक्त वडा घोषणा गरिएको छ । स्याफ्रुमा रहेका ६ सय २ घरमा अस्थायी तथा स्थायी शौचालय निमार्ण गरिएपछि खुलादिशामुक्त वडा घोषणा गरिएको हो ।  स्थानीय गैर सरकारी संस्था मानेकोर सोसाइटी नेपाल, परिवर्तन नेपाल र लाङटाङ क्षेत्र संरक्षण सरोकार समाज लगायतको समन्वयमा स्याफ्रुलाई खुल्ला दिशामुक्त वडा घोषणा गर्न सफल भएको वडा स्तरीय खानेपानी सरसफाई तथा स्व्चछता समन्वय समितिका वडा सचिव सरिता भण्डारीले बताउनुभयो ।

 

गाउँपालिका घोषणा हुनु अघि बृद्दिम, टिमुरे, यार्सा र धुञ्चेलाई खुल्ला दिशामुक्त गाविस घोषणा गरिएको थियो ।