नाकाका होटललाई मर्यादित बनाइने

रसुवागढी,  चैत २० । भारत र चीन जोड्ने सबैभन्दा छोटो नाका रसुवागढीमा सञ्चालन भएका होटल व्यावसायलाई व्यवस्थित र मर्यादित बनाउन पहल गरिएको छ ।  सीमा प्रहरी चौकी टिमुरेले त्यहाँ सञ्चालित  होटल, लज तथा चिया पसलका व्यवसायीसँग छलफल गरेर व्यवस्थापनका लागि विभिन्न चार वटा निर्णय गरेको छ । 

 

प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईका अनुसार होटलमा राती ८ वजे पछि मदिरा बिक्रि बितरण नगर्ने, काम गर्न खटिएका महिला कामदारहरुलाई कुनै पनि प्रकारको अनैतिक एवं गैह्रकानूनी कार्यमा संलग्न नगराउने,  जुवा तास खेल्न, खेलाउन नदिने,  लागू औषधको प्रयोग तथा अन्य कुनै पनि प्रकारको गैह्रकानूनी गतिविधि  हुन नदिने निर्णय सर्वसम्वत पारित गरिएको छ ।  
आवासको व्यवस्था भएका  गेस्ट हाउसमा अनिवार्य रूपमा  तोकिएको नमुना अनुसार पाहुनाको अभिलेख राख्ने पनि व्यवस्था गर्न छलफल भएको छ ।