महिला स्वास्थ्य स्वयम् सेविका सम्मानित

स्याफ्रु, चैत्र १० । गाउँघरको स्वास्थ्य सेवामा निरन्तर योगदान पुर्याएको भन्दै स्याफ्रुका महिला स्वास्थ्य स्वयम् सेविकालाई सम्मान गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय तथा एचथ्रीसी नेपालले उनीहरूलाई सम्मान गरेको हो । मन्नानित हुनेहरूमा पेम्वालामु तामाङ कार्साङ तामाङ, कान्छीमाया तामाङ, दाम्जी तामाङ, सार्कीवाङ्मो तामाङ, कामछोमो तामाङ, कोसेली तामाङ रहेका छन् । 

संस्थाले स्याफ्रु स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई पनि सम्मान गरेको छ ।