नयाँशक्तिले गाउँपालिका संयोजक तोक्यो

धुञ्चे,  चैत्र १९ । आगामी  बैशाख ३१ गते हुने स्थानीय निकायको चुनावको लागि नँया शक्ति पार्टी नेपाल रसुवाले विभिन्न गाउँपालिकामा संयोजकहरू चयन गरेको छ ।  चुनावी अभियानलाई प्रभावकारी बनाउन गोसाईकुण्ड गाउँपालिकामा  नुर्पु सिङ्गी तामाङ, पार्वतीकुण्ड गाउँपालिकामा  उर्केन तामाङ, उत्तरगया गाउँपालिकामा  अनन्त न्यौपाने, कालिका गाउँपालिकामा  कृष्णबहादुर तामाङ र नौकुण्ड गाउँपालिकामा दावा साङबो तामाङलाई संयोजक तोकेको पार्टीले जनाएको छ ।   


चुनावी अभियान अन्तरगत पार्टीले जिल्लाको पाँच वटै गाँउपालिकामा चैत २३ गतेदेखि २७ गतेसम्म कार्यकर्ता भेला गर्ने भएको छ ।