एमालेको पाँचै पालिकामा कार्यालय

कालिकास्थान, २२, चैत्र ।  नेकपा (एमाले) रसुवाले जिल्लाको पाँच वटै गाँउपालिकामा पार्टी कार्यालय स्थापना गरेको छ । आगामी स्थनीय तहको निर्वाचनको गतिविधि र पार्टीको सम्पूर्ण गतिविधि व्यवस्थित गर्नका लागि एमालेले पार्टी कार्यालयको स्थापना गरिएको पार्टीले जनाएको छ ।

पार्टी जिल्ला कमिटिका अध्यक्ष कर्णेल लामाका अनुसार पाँचै पालिकामा कार्यालय स्थापना गरी कार्य अघि बढाईएको छ । पार्टी कार्यालय स्थापनासँगै संगठन सुदृढिकरणका कार्यक्रम पनि सञ्चानल गरिरहेको पार्टी प्रचार विभाग प्रमुख पेम्बा तामाङले बताए । नेपाली काङ्ग्रेस, एमाओबादी, नयाँशक्ति र अन्य पार्टीबाट एमालेमा प्रवेश गर्नेको संख्या अधिकतम रहेको पनि तामाङले बताए ।