धुन्चेमा भलिबल प्रतियोगिता

अनु आचार्य, २ चैत्र, धुन्चे । विपी चिन्तन प्रतिष्ठानले धुन्चेस्तरीय भलिबल प्रतियोगिता सञ्चालन गरेको छ । मंगलबार नक आउटको आधारमा खेलाईएको प्रतियोगितामा धुन्चे वडा नम्बर ६ प्रथम धुन्चे वडा नम्बर ७ द्वितीय र धुन्चे वडा नम्बर ८ तृतीय भएको छ ।

प्रतिष्ठानको प्रथम जिल्ला अधिबेशनको अवसरमा संचालन गरिएको भलिबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश: १३ हजार, ९ हजार,७ हजार नगद सहित मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको खेलकुद संयोजक सगुन घलेले जानकारी दिए । प्रतियोगितामा धुन्चेका ६ टिमको सहभागिता रहेको थियो ।