WWJ को अध्यक्षमा अनु

धुन्चे, फागुन २७ । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) जिल्ला शाखा रसुवाको पहिलो अधिबेसनले अनु आचार्यको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति सर्वसम्वत चयन भएको छ ।

उपाध्यक्षमा झरना नेपाली, सचिवमा सिमा तामाङ, कोषाध्यक्षमा पविना स्याङ्वा चयन हुनुभएको छ । त्यसैगरी, सदस्यहरुमा लक्ष्मी थापा मगर, पुर्णिमा स्याङ्वा, कविता स्याङ्वा, कमला तामाङ तथा विशेष सदस्यमा विजया तिवारी रहनुभएको छ ।

रसुवामा अहिले पत्रकार महासंघमा १३ जना महिला सदस्य रहेका छन् । एकवर्ष अघि एक भेलाबाट जिल्ला शाखा गठन भएको थियो । बिजया तिवारीको अध्यक्षतामा भएको भेलाबाट सर्वसम्मत रुपमा उक्त समिति चयन भएको हो ।