नेपाली काङ्ग्रेसको कालिका गापा सम्मेलन

कालिकास्थान, १६, चैत्र । नेपाली काङ्ग्रेस कालिका गाउँपालिकाको प्रथम पालिका सम्मेलन सम्पन्न भएको छ । काङ्ग्रेसका  महासमिति सदस्य मोहन आचार्यको संयोजकत्वमा सम्पन्न उक्त समारोहमा विभिन्न बक्ताहरूले स्थानीय तहको निर्वाचनमा सफलताको लागि आव्हान गरेका थिए ।  

 

मन्तव्य राख्नेहरूमा पूर्व जिल्ला सभापति ठाकुर देवकाटा, पूर्व जिल्ला पार्टी सचिव साधुराम पौडेललगायत रहेका थिए ।

 

सो समारोहमा १ सय २० भन्दा बढी अन्य दलका कार्यकर्ता नेपाली काङ्ग्रेसमा प्रवेश गरेको नेपाली काङ्ग्रेसले जनाएको छ ।