को को परे मुख्य निर्वाचन अधिकृत ?

कालिकास्थान, चैत्र २३ । रसुवाका पाँच गाउँपालिकामा बैशाख ३१ मा हुने स्थानीय  निर्वाचनका लागि मुख्य निर्वाचन  अधिकृतहरू तोकिएका छन् । निर्वाचन कार्यालय रसुवाका अनुसार गोसाईकुण्ड गाउँपालिकामा रामराजा उप्रेती, कालिका गाउँपालिकामा सन्तोषकुमार गिरी, पार्वतीकुण्ड गाउँपालिकामा विश्ववन्धु पौडेल, नौकुण्ड गाउँपालिकामा असोकराज रेग्मी, उत्तरगया गाउँपालिकामा टिकाभुषण घिमिरे तोकिएका छन्  ।


आगामी निर्वाचनका लागि रसुवा जिल्लामा २७ हजार सात सय ५६ जना मतदाता रहेका छन् । जसमा १३ हजार ७ सय ९१ महिला मतदाता र १३ हजार ९ सय ६५ पुरूष मतदाता रहेका छन् ।