डाँडागाउँ सडक कालोपत्रे हुने

बेत्रावती, चैत्र, २४ । उत्तरगया गाउँपालिका अनतर्गत पर्ने डाँडागाउँ र ठूलोगाउँ जाने १० किमी सडक कालोपत्रे हुने भएको छ । माननीय सांसद जनार्दन ढकालका अनुसार उक्त सडक स्तरोन्नती र कालोपत्रे गर्नका लागि विस्तृत परियोजना प्रतिवेदन प्राप्त भएको छ ।

बजेट स्वीकृतिको प्रकृयामा रहेको उक्त योजना बहुवर्षीय योजनाबाट गरिने सामाजिक सञ्जालमार्फत् ढकालले बताउनु भएको छ ।