लाङटाङमा विदेशी हराउने क्रम रोकिएन

धुन्चे, चैत्र ३० । लाङटाङ क्षेत्रमा घुम्न आउने विदेशी पर्यटकहरू हराउने क्रम रोकिएको छैन । एक महिना अघि लाङटाङ घुम्न आएका डेनमार्कका मार्टिन उड्सेन नामका एक पर्यटक हाल सम्पर्कमा नरहेको बताईएको छ । प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईका अनुसार उनको खोजी कार्य जारी रहेको छ ।

यस अघि पनि लाङटाङ क्षेत्रमा घुम्न आउने पर्यटकहरू हराउने गरेका थिए । कोही मृत अवस्थामा, कोही हत्या भएको अवस्थामा भेटिएका त कोही अझैसम्म पनि रहस्यमय अवस्थामा बेपत्ता छन् ।