साँढे २ घण्टामै चीन पुगिने

धुन्चे, चैत्र ३० । काठमाण्डौको टोखादेखि नुवाकोटको थानसिंहसम्म सुरूङ मार्ग बन्ने भएपछि राजधानीबाट चीनको सिमानामा साढे २ घन्टामै पुग्न सकिने भएको छ ।

गोरखापत्रमा प्रकाशित समाचार अनुसार सुरुङ मार्ग निर्माणका लागि अध्ययन कार्य पुरा भईसकेको छ । उक्त सुरुङ मार्ग ४ किमी हुने बताईएको छ ।

टोखादेखि नुवाकोटको थानसिंह फाँटसम्म सुरूङ मार्ग निर्माणका लगि २७ अरब खर्च लाग्ने अनुमान गरिएको छ । सो का लागि सरकारले एसियन इन्फ्रास्ट्रक्चर बैंकमा प्रस्ताव पेश गरेको छ ।

सो सुरूङमार्गको निर्माणपछि थानसिंह फाँटमा स्याटलाईट सिटी निर्मांण गर्ने योजना पनि रहेको छ ।