रेडपाण्डाको जन्मोत्सव केक काटेर

धुन्चे, बैशाख, ३ । रेडपाण्डाको आठौं जन्मोत्सव केक काटेर मनाईएको छ । दुर्लभ मानिएको लजालु जनावर रेडपाण्डाको संरक्षणार्थ जन्मित्सव गतवर्षदेखि नै मनाउन थालिएको हो ।

 

 बाईस औं वन्यजन्तु सप्ताहको अवसरमा सञ्चालन गरिएको ८ औ जिल्लास्तरीय रेडपाण्डा ट्रफि भलिवल प्रतियोगिताको अवसरमा प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले रेडपाण्डाको डमीलाई केक काटेर खुवाए ।  


प्रत्येक वर्ष बैशाख १ गतेदेखि ७ गतेसम्म रसुवामा वन्यजन्तु सप्ताह तथा लाङटाङ तथा संरक्षण उत्सव मनाईने गरिएको आयोजक लाङटाङ क्षेत्र संरक्षण सरोकार समाजले जनाएको छ ।

 

भलिबल प्रतियोगितामा जिल्लाका १७ वटा टिम सहभागी  छन् । प्रतियोगिता बैशाख ७ गतेसम्म सञ्चालन हुनेछ ।

 

जिल्ला समन्वय समिति, लाङटाङ राष्ट्रिय निकुञ्ज र लाङटाङ क्षेत्र संरक्षण सरोकार ल्याकोसले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका हुन् । कार्यक्रमका लागि विभिन्न गैरसरकारी संस्था तथा जलविद्युत आयोजनाले सहयोग गरेका छन् ।

 

पर्यटन तथा संरक्षण उत्सवमा खानाका परिकार, लघुउद्यम, पर्यटन र संरक्षण, कृषि लगायतका स्टल समेत राखिएको छ ।