निर्वाचन सुरक्षा प्रशिक्षण

टिमुरे, बैशाख ३ । स्थानीय तहको निर्वाचन २०७४ को सुरक्षाका लागि सीमा प्रहरी चौकी टिमुरेमा प्रशिक्षण दिईएको छ । निर्वाचनमा खटिने प्रहरीलाई प्रहरी कार्यालयले उक्त तालिम दिएको हो ।

 

गोसाईकुण्ड गाउँपालिका वडा नं. २ स्थित टिमुरे, रसुवामा सञ्चालित प्रशिक्षण कार्यक्रममा सीमा प्रहरी चौकी टिमुरे, प्रहरी चौकी रसुवागढी, प्रहरी चौकी स्याफ्रुबेसी, प्रहरी चौकी थाम्बुचेत र पर्यटक प्रहरी स्याफ्रुबेसीका २७ जना अधिकृत तथा जवानहरुलाई प्रशिक्षण दिइएको सीमा प्रहरी चौकी टिमुरेले बताएको छ ।