केरुङ जोइन्ट एक्सन सेन्टर’ स्थापना हुने

धुन्चे, साउन १६ –नेपाल–चीनबीचको व्यापारिक नाका रसुवागढीमा सीमा व्यवस्थापन एवम् सुरक्षा प्रभावकारी बनाउन ‘नेपाल–चाइना बोर्डर ल इन्र्फोसमेन्ट केरुङ जोइन्ट एक्सन सेन्टर’ स्थापना गर्न सम्झौता भएको छ ।

 

रसुवागढी नाकामा उत्पन्न हुने अपराध नियन्त्रण गर्ने लक्ष्यले स्थापना गर्न लागिएको केन्द्रको सम्झौता पत्रमा रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने र चीनको जिलोङ काउन्टीमा सुरक्षा अधिकारी गाओ हुईहाईले हस्ताक्षर गर्नुभएको छ ।