शुल्क घटेपछि चीनबाट सामान आयो

धुन्चे, साउन १६ – चीनको भन्सारले नेपालतर्फ निकासी हुने सामग्रीको क्लिरियन्स शुल्क घटाएपछि पुन सामान आयात हुन थालेको छ । शुल्क बृदिद गरेसँगै रोकिएको आयात निर्यात् शुल्क घटेसँगै सुरु भएको हो ।

 

सामग्रीको क्लिरियन्स शुल्क १५ सय आरएमबीबाट  ५ हजार पुर्याएपछि रोकिएको निर्यात् २५ सय आरएमबी कायम गरिएपछि सो शुल्क तिर्न नेपाली व्यापारीहरू सहमत भएका हुन् । नेपाल र चीनका प्रतिनिधि बीच भएको सहमति अनुसार शुल्क घटाउन प्रयास भएको रसुवागढी भन्सारका प्रमुख केदार पनेरूले जानकारी दिनु भयो ।

 

तर्फ निकासी हुने सामग्रीको क्लिरियन्स शुल्क घटेपछि ३ सय ९६ मालबाहक कन्टेनरबाट सामान आउन लागेको जानकारी प्राप्त भएको छ ।