पुल बगाउँदा आवताजावतमा समस्या

कालिकास्थान, साउन २० । नौकुण्ड गाउँपालिकाको युब्रा (पुङखोला) देखि उत्तरगयाको बेत्रावतीसम्मका ६ वटा झोलुङ्गे पुलहरू राती परेको वर्षात्का कारण बगाएपछि आवतजावतमा समस्या भएको छ । नौकुण्ड गाउँपालिकाका उपाध्यक्ष सिर्जना लामाका अनुसार सरमथलीबाट भोर्लेसम्म आवतजावत गर्न बाटो नभएर समस्या परेको छ ।

गाउँभन्दा मुनि गएको पहिरोका कारण युब्राका दर्जनौं घर उच्च जोखिममा परेको स्थानीयबासीले जानकारी दिए ।

उत्तरगयामा पर्ने बेत्रावतीको पुरानो पुल पनि बगाएको छ ।