उत्तरगया गापाको गाउँसभा सम्पन्न

बेत्रावती, साउन १७ गते । उत्तगया गाउँपालिकाको पहिलो गाउँसभा सम्पन्न भएको छ । गाउँसभाबाट पारित गरिएको बजेट र नीति, कार्यक्रमले समुन्नत गाउँपालिका निर्माणमा सहयोउ पुर्याउने पालिका प्रमुख उपेन्द्रराज लम्सालले बताउनु भयो ।

गाउँसभाबाट पारित कार्यक्रममा गाउँपालिकाको कार्यालय निर्माण/सञ्चानल, उत्तरगयाधाम विकास र ६ किमी क्षेत्रलाई उत्तरगयाधाम घोषणा,  बेत्रावती घाटदेखि गोगने हाकुसम्मको त्रिशुली खोलाको बगर आसपासका सार्बजनिक जमिनहरूलाईपालिकाको अधिनमा ल्याई विकास गर्ने, बालबालिकालाई  गुणस्तरीय शिक्षा प्रदान गर्न विशेष योजना रहेको बताइएको छ ।  

सबै वडाहररूलाई सडकसँग जोड्ने कृषि विकासका लागि उर्बर  कृषि उत्पादन योग्य जमिनमा सिचाईको ब्यबस्थ गरी कृषकहरूलाई कृषि पेशातर्फ आकर्षित गराउने, कृषिमा आधुनिकरण गर्ने, कृषि क्षेत्रमा राम्रो काम गर्ने उत्कृष्ट किसानलाई पुरस्कृत र सम्मान योजना रहेको पनि लम्सालले बताउनु भयो ।

उत्तरगया धाम पर्यटकीय तथा धार्मिक महत्वले पूर्ण भएकोले यसलाई आधार मान्दै गाउँपालिका क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने, उत्तरगया धाम विकासका लागि गुरूयोजना बनाउने, कमेरीगढी र घलेगढीको संरक्षण र विकास गर्ने र कर्मीडाँडामा होम स्टे सञ्चालन गर्न पुर्बाधार बिकास गर्ने योजना पनि प्रस्तुत गरिएको छ ।

आकर्षक पैदलमार्ग बालमैत्री अपागंमैत्री बनाउने तुप्चेको साततले, दुधेलामा स्थान, ठुलोगाउँको भूमेदेबी स्थान बोगटीटारको सिता भूमे मन्दिर लगायतका स्थानहरूमा उत्तरगया धाम दर्सन मा आउने भक्तजन, पर्यटकहरूलाई माथी उल्लेखित मठ मन्दिरहरूमा भ्रमण र दर्शन गर्न उत्प्रेरित गर्ने र हाल निर्माण हुदै गरेको बेत्रावती मैलुङदेखि रसुवागढी जोडने अन्तराष्ट्रिय राजमार्गको गाउँपालिकाको अधिनमा रहेका जमिनहरूमा पार्कहरू निर्माण गरि निजि क्षेत्रहरूलाई रिसोट, होटलहरू संचालन गर्न प्रोत्साहन गर्ने गरि प्रस्तावना आह्वान गर्ने योजना छ । 

संस्कृति परम्परा कला संरक्षण, खानेपानीको विकास , स्वास्थ्य क्षेत्रको विकास , युवा, खेलकुद र रोजगार , वातावरण संरक्षणका क्षेत्रमा बजेट विनियोजन गरिएको गाउँपालिका उपप्रमुख चमेली गुरुङले बताउनु भयो ।