चीनद्वारा पहिरो पीडितलाई राहत

धुन्चे, साउन २४ गते । रसुवा जिल्लाको उत्तरगया -४ स्थित पैरेबेसीमा गएको पहिरोमा परी प्रभावित भएका घरपरिवारलाई चीनले राहत सामग्री प्रदान गरेको छ ।

केरुङ फ्रन्टियर इन्सपेक्सन स्टेसन, केरुङले जिल्ला दैवी प्रकोप उद्धार समिति, रसुवालाई चामल, चिनी,तेल र अन्य खाद्य सामग्री सहयोग गरेको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।