नौकुण्ड गापाको प्रथम गाउँ सभा सम्पन्न

आ.व. २०७४/०७५ का लागि  १८ करोड ९६ लाख २० हजार ७ सय ४० रुपैयाँ २० पैसा विनियोजन गरिएको छ । कुल विनियोजन मध्ये चालुतर्फ  ११ करोड १० हजार ७ सय ४० रुपैयाँ २० पैसा अर्थात् ५८.०१ प्रतिशत र पूँजीगततर्फ रु ७ करोड ९६ लाख १० हजार अर्थात् ४१.९८  प्रतिशत रहेको छ ।

पारच्याङ, साउन ३१ गते । रसुवाको नौकुण्ड गाउँपालिकाको आ.व. २०७४/०७५ नीति, कार्यक्रम र बजेटसहित पहिलो गाउँ सभा सम्पन्न भएको छ । आ.व. २०७४/०७५ का लागि  १८ करोड ९६ लाख २० हजार ७ सय ४० रुपैयाँ बराबरको विभिन्न योजना विनियोजन गरिएको छ ।

गाउँपालिकाका उपप्रमुख सिर्जना लामाका अनुसार कुल विनियोजन मध्ये चालुतर्फ  ११ करोड १० हजार ७ सय ४० रुपैयाँ २० पैसा अर्थात् ५८.०१ प्रतिशत र पूँजीगततर्फ रु ७ करोड ९६ लाख १० हजार अर्थात् ४१.९८  प्रतिशत रहेको छ ।

त्यस्तै आ.व. २०७४/०७५ का लागि खर्च व्यहोर्ने स्रोत मध्ये राजश्वबाट रु ५ लाख, नेपाल सरकारबाट प्राप्त अनुदानबाट रु १८ करोड २८ लाख ७६ हजार र गत वर्षको सञ्चित कोष मौज्दात बाट  ६२ लाख ४४ हजार ७ सय ४० रुपैयाँ २० पैसा रहेको छ ।

हिजो अर्थात् साउन ३० गते पालिकाको कर्यालयमा बसेको गाउँसभाबाट आर्थिक ऐन पनि पारित भएको कार्यकारी अधिकृत समीर भण्डारीले जानकारी  दिनुभयो ।

गाउँपालिकाका प्रमुख नुर्बुसाङ्बो घलेका अनुसार नौकुण्ड गाउँपालिका रसुवाको सबैभन्दा बिकट गाउँपालिका भएको र यहाँ खटि आउने कर्मचारी कार्य गरी बस्न नचाहने भएकोले कार्य सञ्चालनमा असहज भएको जानकारी दिनुभयो ।

गाउँपालिकाका प्रमुख नुर्बुसाङ्बो घलेको अध्यक्षता तथा जिससका प्रमुख कुलप्रसाद भट्टको प्रमुख आतिथ्यतामा सो सभा सम्पन्न भएको हो । 

नौकुण्ड गाउँपालिका आ.व. २०७४/०७५ को नीति तथा कार्यक्रम, योजना तथा बजेट कस्ता रहेका छन् ? प्रस्तुत छ उपाध्यक्ष श्री सिर्जना लामाज्यूद्वारा प्रस्तुत नीति, कार्यक्रम र बजेट बक्तव्य

२०७४ साल श्रावण ३० गते, सोमवार

नीति तथा कार्यक्रम

गाउँपालिकाका सम्पूर्ण वडाहरुमा स्वच्छ खानेपानीको लागि आवश्यक व्यवस्था मिलाइनेछ । सरसफाईलाई उच्च प्राथमिकतामा राख्दै “हाम्रो नौकुण्ड सफा नौकुण्ड” नाराका साथ स्वच्छता एवं सरसफाई अभियान सञ्चालन गरि सुन्दर ,स्वच्छ गाउँपालिका निर्माण गरिनेछ  ।

आर्थिक वर्षको अन्त्यमा आएर असारे विकास गर्ने परिपाटीको अन्त्य गर्दै यस वर्षलाई नौकुण्ड गाउँपालिकाको बजेट कार्यान्वयन वर्षको रुपमा मनाइनेछ । यसको लागि  आर्थिक वर्षको सुरुमा नै योजना बनाएर काम गर्न सुरु गर्ने र समयमा नै गाउँपालिकाका कार्यक्रमहरु सम्पन्न गरिनेछ ।

सम्मानित गाउँसभाका अध्यक्ष महोदय,

  • नेपालको संविधानमा संघ, प्रदेश र स्थानीय गरी तीन तहको शासन व्यवस्थाको प्रावधान भए बमोजिम देशमा ७४४ वटा स्थानीय तहको गठन सँगै नौकुण्ड गाउँपालिका पनि अस्तित्वमा आएको छ । नौकुण्ड गाँउपालिकाको गठनपश्चात यस गाउँपालिकाको प्रथम नीति तथा कार्यक्रम यस  गरिमामय गाउँसभामा प्रस्तुत गर्न पाउँदा मलाई खुसी लागेको छ । यस अवसरमा म नेपालमा  लोकतान्त्रिक व्यवस्थाका लागि नेपाली जनताले गर्दै आएको आन्दोलन, देशलाई यस स्थितिमा ल्याइपुर्याउन आफ्नो प्राणोत्सर्ग गर्ने सम्पुर्ण महान सहीदहरु, जनआन्दोलनका घाइतेहरु, द्वन्द्वपीडितहरु तथा देशमा गणतन्त्र स्थापना तथा संघीयता स्थापना गर्न अहम् भुमिका खेल्ने सम्पूर्ण ज्ञातअज्ञात व्यक्तिहरुलाई सम्झन चाहन्छु । संघीयता र स्थानीय सरकार मार्फत दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पुरा जिम्मेवारी हाम्रो काँधमा आएको छ । यो हाम्रो लागि अवसर र चुनौति दुबै हो । अधिकार, स्रोत साधन, बजेट, उत्तरदायित्व र जवाफदेहिता समेत स्थानीय तहमा स्थानान्तरण भई जनतालाई अधिकारसम्पन्न  तथा वास्तविक अर्थमा सार्वभौम बनाउने प्रयास गरिएको छ, जुन स्वागतयोग्य छ ।
  • अबका दिनमा नौकुण्ड गाउँपालिकाको स्थानीय सरकारले विकट भौगोलिक अवस्थितिमा रहेको यस गाउँपालिकामा सर्वसाधारण जनताले प्रत्यक्ष अनुभूत गर्ने खालका योजना तर्जुमा गर्ने, स्थानीय जनतालाई योजना तर्जुमा साथै कार्यान्वयनमा प्रत्यक्ष सहभागी गराउने, मागमा आधारितर यस क्षेत्रको माटो सुहाउँदो कार्यक्रम तथा विकास गतिविधिहरु सञ्चालन गरी यस क्षेत्रका जनताको चरम गरिवी न्यूनीकरण गर्ने प्रमुख नीति लिइएको छ । यसका लागि सार्वजनिक, नीजि र सहकारी क्षेत्रको साझेदारीमा जोड दिइनेछ । साथै विकास साझेदारका रुपमा रहेका संघ–संस्थालाई समेत प्रभावकारी ढंगले परिचालन गरिनेछ ।

 

  • कृषि क्षेत्रलाई उत्पादनको प्रमुख क्षेत्रको रुपमा विकास गरिनेछ । प्रमुख बालीहरुको उत्पादनमा आत्मनिर्भर हुने नीति लिइनेछ । कृषि क्षेत्रलाई निर्वाहमुखीबाट व्यवसायमुखी बनाउदै यस क्षेत्रमा रोजगारीका अवसर सृजना गर्न प्रोत्साहित गरिनेछ । प्रत्येक वडामा कृषि पकेट क्षेत्रको पहिचान गरि उपयुक्त कृषि उत्पादनको व्यवस्था मिलाइनेछ । सिंचाइ विकास र व्यवस्थापनमा कृषक तथा उपभोक्ताको पहुँच बढाउदै लगिनेछ

 

  • पशुजन्य उत्पादनका कार्यक्रलाई विशेष महत्व दिइनेछ । पशु तथा बाली बीमा कार्यक्रमलाई कृषक बीचमा पु¥याईनेछ ।

 

  • औद्योगिक क्षेत्रमा लगानी आकर्षित गर्न आवश्यक नीतिगत, कानुनी, प्रशासनिक तथा आर्थिक सुधारका प्रयास गरिनेछन् । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम संचालन गरिनेछन् ।

 

  • पर्यटकीय क्षेत्रको पहिचान गरि ती क्षेत्रहरुमा होमस्टे सञ्चालन गर्न आवश्यक प्रयास गरिनेछ ।

 

  • शिक्षा र स्वास्थ्यमा लगानी गरिए मात्रै सभ्य, स्वस्थ्य र समुन्नत गाउँपालिका निर्माण गर्न सकिने तथ्यलाई हृदयंगम गर्दै यी क्षेत्रलाई विशेष प्राथमिकतामा राखिनेछ । प्रत्येक वडामा वर्थिङ सेन्टर स्थापना गरिनेछ र एस.बि.ए. तालिमको व्यवस्था गरिनेछ । पूर्ण खोपयुक्त गाँउपालिकाको रुपमा स्थापित यस गाउँपालिकामा आगामि दिनमा समेत प्रत्येक बालबालिकाले खोप पाउने सुनिश्चितता गरिनेछ ।

 

  • विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न शिक्षकलाई तालिमको व्यवस्था गरिनुका साथै विद्यालयको भौतिक पूर्वाधार सुधार गरिनेछ ।

 

  • गाउँपालिकाका सम्पूर्ण वडाहरुमा स्वच्छ खानेपानीको लागि आवश्यक व्यवस्था मिलाइनेछ । सरसफाईलाई उच्च प्राथमिकतामा राख्दै “हाम्रो नौकुण्ड सफा नौकुण्ड” नाराका साथ स्वच्छता एवं सरसफाई अभियान सञ्चालन गरि सुन्दर ,स्वच्छ गाउँपालिका निर्माण गरिनेछ  ।

 

  • भुकम्प पश्चातको पुनर्निर्माण र नवनिर्माणलाई तीव्रता दिईनेछ । ऐतिहाँसिक, धार्मिक तथा साँस्कृतिक महत्वका सम्पदा, विद्यालय, स्वास्थ्य संस्था लगायतका संस्थाहरुको निर्माणलाई तीव्रता दिईनेछ । जोखिममा रहेका घर एवं वस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक व्यवस्था गरिनेछ ।

 

  • सदरमुकाम देखि यस गाउँपालिकाको केन्द्र जोड्ने सडकलाई उच्च प्राथमिकतामा राख्दै गाउँपालिकाको केन्द्रसम्म सडक मार्गको पहुँच सुनिश्चित गरिनेछ । साथै अन्य सडक मार्ग एवम् शाखा सडक मार्गको स्तरोन्नति  गरिनेछ ।

 

  • विद्युतको पहुँच नभएका स्थानमा विद्युतको विस्तार गरिनेछ ।

अध्यक्ष महोदय,

  • मानवअधिकारको सम्मान एवम् सम्वद्र्धन गर्दै मानवअधिकारको प्रत्याभूति गरिनेछ ।
     
  • लैंगिक समानता, महिला सशक्तिकरण र  समावेशीकरण गर्ने नीतिलाई  प्रोत्साहन गरिनेछ । साथै दलित, आदिवाकी जनजाति, अपांग, गरिब, पिछडिएको वर्ग एवम् समुदायलाई सशक्तिकरण गरि मूल प्रवाहिकरणमा ल्याउन आवश्यक कार्यक्रम सञ्चालनमा ल्याइनेछन् ।
     
  • सामाजिक सुरक्षा भत्ता सम्बन्धि अभिलेखहरुलाई व्यवस्थित गर्न प्रविधिको प्रयोग गरिनेछ र बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था मिलाइनेछ ।
     
  • भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलताको नीति अवलम्बन गरिनेछ । कार्यालयले आफै र आफ्नो मातहतका कार्यालयहरुमार्फत प्रवाह गर्ने सेवाको प्रभावकारिता, गुनासो व्यवस्थापन, सार्वजनिक सुनुबाई, सामाजिक परीक्षण, नागरिक वडापत्र, सूचनाको हकको प्रत्याभूति, पारदर्शिता, जवाफदेहिता, भ्रष्टाचार निवारण लगायतका कार्यहरुमार्फत् सुशासन अभिवृद्धि गर्ने खालका कार्यहरुलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्दै लगिनेछ ।
     
  • जनचाहना अनुरुप विकास गर्न तथा सार्वजनिक सेवा प्रवाह गर्न राजनीतिक नेतृत्व र कर्मचारीको क्षमता अभिवृद्धि हुने किसिमका कार्यक्रम तथा तालिम सञ्चालन गरिनेछन् ।
     
  • यस गाउँपालिकाका युवा–युवतीको क्षमता विकास हुने कार्यक्रम सञ्चालन गरि स्वरोजगार हुने तथा गाउँपालिकाको अर्थतन्त्रमा योगदान दिन सक्ने अवसर सिर्जना गरिनेछ । खेलकुदमा  पर्याप्त लगानी  गरिनेछ खेलकुद मैदान निर्माण गर्न आवश्यक कदम चालिनेछ ।
     
  •  नौकुण्ड गाउँपालिकामा सूचना तथा सञ्चार प्रविधिको क्षेत्र विकासका लागि सम्बन्धित निकायसँग समन्वय गरि प्रत्येक वडामा सञ्चार तथा इन्टरनेटको पहुँच सुनिश्चित गरिनेछ ।
     
  • वातावरण तथा जलवायुमैत्री पूर्वाधार विकासमा जोड दिइनेछ । जलवायु परिवर्तनसँग सम्बन्धित क्षेत्रमा कार्य गर्ने विभिन्न निकायसँग सहकार्य गरि अगाडि बढ्ने नीति अख्तियार गरिनेछ । विपद व्यवस्थापन कोष निर्माण गरि विपद पीडितलाई आवश्यक सहयोग गरिनेछ ।
     
  • आर्थिक वर्षको अन्त्यमा आएर असारे विकास गर्ने परिपाटीको अन्त्य गर्दै यस वर्षलाई नौकुण्ड गाउँपालिकाको बजेट कार्यान्वयन वर्षको रुपमा मनाइनेछ । यसको लागि  आर्थिक वर्षको सुरुमा नै योजना बनाएर काम गर्न सुरु गर्ने र समयमा नै गाउँपालिकाका कार्यक्रमहरु सम्पन्न गरिनेछ ।
     
  • अन्त्यमा, यस गाउँपालिकाको आर्थिक, सामाजिक विकासका विविध पक्षमा महत्वपुर्ण योगदान पु¥याउनु हुने सबै राजनीतिक दल, राष्ट्रसेवक कर्मचारीहरु, सुरक्षाकर्मी, निजी क्षेत्र, नागरिक समाज, सञ्चार जगत, गाउँपालिका बासिन्दाहरु, शुभेच्छुकहरु, मित्र राष्ट्रहरु, विभिन्न संघ–संस्थाहरुलाई हार्दिक धन्यवाद  ज्ञापन गर्दछु ।

 

बजेट वक्तव्य

चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६.९ प्रतिशत हुने प्रक्षेपण गरिएको भएता पनि यस गाउँपालिकाको आर्थिक वृद्धिदर मापन गर्ने प्रणाली हाल विकास हुन सकेको छैन 

परम्परागत र निर्वाहमुखि कृषि प्रणालीलाई प्रतिस्थापन गरी आधुनिक कृषि प्रणालीको विकास गर्ने प्रयासको थालनी गर्न  सामुहिक खेती पद्धतिलाई विस्तार गरिनेछ । कृषि समूह तथा सहकारीलाई ७५ प्रतिशतसम्मको अनुदानमा मिनी टिलर , आधुनिक मौरी घार, फलामे ट्रस सहितको प्लाष्टिक घर, थोपा सिंचाई प्रविधि जस्ता आधुनिक प्रविधि, यन्त्र र उपकरण हस्तान्तरण र वितरण गरिनेछ ।

 

 अध्यक्ष महोदय,

  • सार्वभौमसत्ता सम्पन्न जनताको विकासको चाहनालाई मूर्त रुप दिन मुलुकभरि ७४४ वटा स्थानीय तहको गठन भएको छ । हाम्रो वर्तमान जटिल एवं चुनौतिपूर्ण भएतापनि  विगत गौरवपूर्ण छ र हाम्रो भविष्य उज्जवल र सम्भावनायुक्त छ । आज श्रावण ३० गते, म यस गाँउपालिकाको उपाध्यक्षका हैसियतले यस गरिमामय सभामा आर्थिक वर्ष २०७४/०७५को वार्षिक बजेट पेश गर्न उभिएको छु । यस गौरवपूर्ण अवसरमा नेपालमा लोकतान्त्रिक पद्धति स्थापना गर्न आफ्नो ज्यान उत्सर्ग गर्नुहुने सम्पुर्ण ज्ञात अज्ञात सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, घाइते र बेपत्ता नागरिकहरुप्रति सम्मान प्रकट गर्दछु । राजनीतिक–सामाजिक परिवर्तनमा नेतृत्वदायी एवं सहयोगी भूमिका निर्वाह गर्र्र्ने सबै अग्रजहरुप्रति आदरभाव प्रकट गर्दछु ।
     
  • नौकुण्ड गाउपालिका बागमती अञ्चलको रसुवा जिल्लामा अवस्थित छ । वि.सं. २०७३/११/२७ गते राजपत्रमा सूचना प्रकाशित भएसँगै देशका विभिन्न ७४४ वटा स्थानीयतह सँगै यो गा.पा. पनि अस्तित्वमा आएको हो । पूर्वमा गोसाईकुण्ड गा.पा. र नुवाकोट जिल्ला, पश्चिममा कालिका गा.पा., उत्तरमा गोसाईकुण्ड गा.पा. तथा दक्षिणमा नुवाकोट जिल्लाको सिमानासँग जोडिएको यो गा.पा. १२६.९९ वर्ग किलोमिटर क्षेत्रफलमा पैmलिएको छ । स्थानीयवासीहरुलाई सर्वसुलभ ढंगले सेवा उपलब्ध गराउन यो गाउँपालिकालाई जम्मा ६ वटा वडामा विभाजन गरिएको छ । साविकका यार्सा, सरमथली र भोर्ले गा.वि.स. लाई समावेश गरि यो गा.पा.को निर्माण गरिएको हो । रसुवा जिल्लाकै सबैभन्दा बढी जनसंख्या रहेको यो गा.पा.को कुल जनसंख्या ११८२४ रहेको छ ।
     
  • रसुवा जिल्लाकै सबैभन्दा बढी जनसंख्या भएको नौकुण्ड गाउँपालिकाको सबै भन्दा ठूलो सबल पक्ष यसको मानव संसाधान रहेको छ । यसका अतिरिक्त यस गाउँपालिकामा रहेका नदी नाला, वन, कृषियोग्य भूमिले यस गाउँपालिकाको विकासलाई सकारात्मक दिशातर्फ डो¥याउन सहयोग गर्ने विषयमा दुई मत छैन । साथै नुवाकोट जिल्लाका अतिरिक्त कालिका र गोसाईकुण्ड गाउँपालिकासँग यस गाँउपालिकाको सिमाना जोडिनुले यस गाउँपालिकाको विकासमा अथाह सम्भावना थपेको छ ।
     
  • यद्यपी यस गाउँपालिकामा विद्यमान गरिबी, अशिक्षा, पर्याप्त सञ्चार सुविधाको अभाव, उद्योग कलकारखानाको अभाव,सरसफाई सम्बन्धी जनचेतनाको अभाव, परम्परागत र निर्वाहमुखि कृषि प्रणाली, सडक सञ्जालको अपेक्षाकृत विस्तार नहुनु, सक्षम मानव संसाधनको विदेश पलायन, बाल विवाह आदि यस गाउँपालिकाका प्रमुख समस्याका रुपमा रहेका छन् ।
     
  • स्थानीयतहको निर्वाचन सम्पन्न भए पश्चात यस गाउँपालिकामा समेत् राजनीतिक नेतृत्वको अभावमा लामो समयसम्म विद्यमान रहेको राजनीतिक शुन्यताको अन्त्य भएको छ । स्थानीय शासन र विकास निर्माणमा प्रत्येक नागरिक आफै संलग्न हुने वातावरण बनेको छ । राजनीतिक प्रणालीप्रति नागरिकको भरोसा पुनस्र्थापित हुने क्रममा रहेको छ । यस गाउँपालिकाको बजेट तुलनात्मक रुपमा ढिलो प्रस्तुत भएतापनि विकासका प्रत्येक आयाम र विकास प्रक्रियामा प्रत्येक विषयगत कार्यालयहरुले सकारात्मक भूमिका खेल्न सक्ने गरि बजेट तर्जुमा गरिको छ ।

 अध्यक्ष महोदय,

  • चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६.९ प्रतिशत हुने प्रक्षेपण गरिएको भएता पनि यस गाउँपालिकाको आर्थिक वृद्धिदर मापन गर्ने प्रणाली हाल विकास हुन सकेको छैन ।
  • यी आदि अवसर, समस्या र सम्भावना बीच नौकुण्ड गाउँपालिकाका चुनौतिहरु निम्नानुसार रहेका छन्

क) संघीयता कार्यान्वयनमा सकारात्मक भूमिका निर्वाह गर्न आवश्यक संस्थागत,  प्रविधिक, स्रोत परिचालन गर्नु र राजनीतिक क्षमता अभिवृद्धि गर्नु ।

      ख) आयोजना कार्यानवयन क्षमता वृद्धि गर्नु ।

      ग) आन्तरिक उत्पादन र उत्पादकत्व वृद्धि गर्नु ।

      घ) समयबद्ध पुननिर्माण गर्नु ।

      ङ) युवा जनशक्तिको विदेश पलायन रोक्नु ।

 

अध्यक्ष महोदय,

  • हाम्रा सामु विभिन्न चुनौतिहरु रहेता पनि यी चुनौतिहरुको सामना गर्न र विद्यमान अवसरहरुको सदुपयोग गर्ने गरि आ.व. २०७४/०७५ को बजेट तयार गरिएको छ । यो बजेटका उद्देश्यहरु यसप्रकार रहेका छन् :

    क) गरिवी न्यूनीकरण गर्नु,

     ख) दिगो र समावेशी आथिृक वृद्धि हासिल गर्नु

     ग) आधारभूत स्वास्थ्य सुविधामा सबैको पहुँच सुनिश्चित गर्नु,

     घ) आधारभूत पुर्वाधारहरु –सडक, खानेपानी, सिंचाइको सुनिश्तिता गर्नु,

     ङ)  पुनर्निमाणका कार्य लगायतका सार्वजनिक सेवाप्रवाहलाई गुणस्तरीय बनाउनु ।

  • यी उद्देश्यहरु हासिल गर्नका लागि आगामि आ.व. को बजेटका प्राथमिकताहरु देहाय बमोजिम निर्धारण गरिएको छ :

     क) रोजगारीका अवसरहरुमा वृद्धि,

     ख) उत्पादन र उत्पादकत्वमा वृद्धि,

     ग) कृषिको आधुनिकीकरण र व्यवसायीकरण

     घ) सडकको निर्माण र स्तरोन्नति

     ङ) शिक्षा, स्वस्थ्य, खानेपानीमा लगानी

     च) भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निमाण

     छ) महिला, दलित,बालबालिका एवं अल्पसंख्यकको संरक्षण र सम्बद्र्धन ।

 अध्यक्ष महोदय,

  • अब म यिनै चुनौति, उद्देश्य र प्राथमिकताको सेरोफेरोमा रहेर तयार गरिएको आ.व. २०७४/०७५ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्दछु ।

 

 आधुनिक कृषि : आन्तरिक उत्पादन र आर्थिक वृद्धिको दिगो आधार

  • दुई तिहाई भन्दा बढी नौकुण्डबासीको प्रमुख पेशाको रुपमा रहेको कृषिको व्यावसायीकरण र आधुनिकीकरण विना नौकुण्ड गाँउपालिकाको विकासको सपना पूरा हुन सक्दैन । त्यसैले निवार्हमुखी कृषि प्रणालीलाई व्यवसायमखि कृषिमा रुपान्तरण गरि गरिवी न्यूनीकरण गर्न कृषि क्षेत्र तर्फका कार्यक्रमलाई थप परिष्कृत गर्ने जमर्का गरिएको छ ।
     
  • प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत स्थान विशेषको सम्भाव्यताका आधारमा पकेट विस्तार कार्यक्रम सञ्चालन गरिनेछ । यार्सामा आलु पकेट विस्तार, सरमथलीमा खुमल चार जातको धान पकेट विस्तार, लोकिल र खालचेतमा व्यावसायिक तरकारी पकेट क्षेत्र विस्तार गरिनेछ ।
     
  • युवा लक्षित तथा प्रस्तावनामा आधारित भई व्यावसायीमुलक खेती पद्धतिलाई प्रोत्साहन दिइनेछ । कृषि पेशा तर्फ प्रेरित गर्न ५० देखि ८० प्रतिशत सम्मको अनुदानमुखी कार्यक्रमहरु सञ्चालनमा ल्याईनेछन् ।
     
  • परम्परागत र निर्वाहमुखि कृषि प्रणालीलाई प्रतिस्थापन गरी आधुनिक कृषि प्रणालीको विकास गर्ने प्रयासको थालनी गर्न  सामुहिक खेती पद्धतिलाई विस्तार गरिनेछ । कृषि समूह तथा सहकारीलाई ७५ प्रतिशतसम्मको अनुदानमा मिनी टिलर , आधुनिक मौरी घार, फलामे ट्रस सहितको प्लाष्टिक घर, थोपा सिंचाई प्रविधि जस्ता आधुनिक प्रविधि, यन्त्र र उपकरण हस्तान्तरण र वितरण गरिनेछ ।
     
  • पशुपालनलाई जनताका आधारभूत आवश्यकता पुरा गर्ने माध्यमका रुपमा विकास गर्नुका साथै व्यावसायिकरणतर्फ उन्मुख गर्नका लागि आवश्यक कार्यक्रम सञ्चालन गरिनेछन् । समय समयमा निःशुल्क भ्याक्सिन दिने व्यवस्था गर्नुका साथै अनुदानमा घाँसे विउ वितरण गर्ने व्यवस्था मिलाइनेछ । साथै निःशुल्क पशु स्वास्थ्य शिविर समेत सञ्चालन गरिनेछ । पशु प्रयोगशालाको स्थापना गरि कृषकले दैनिक रुपमा भोग्नुपर्ने समस्याको पहिचान तथा निराकरण गरिनेछ ।
     
  • कृषि र  पशुपंक्षी क्षेत्रतर्फका कार्यक्रमहरुका लागि रु ९१ लाख ५४ हजार विनियोजन गरिएको छ ।

दिगो विकास र समृद्धिको आधार : पूर्वाधार

सिचाई :

  • मनसुनमा आधारित कृषि प्रणालीबाट देखिएका समस्याको सम्बोधन गर्न प्रत्येक वडामा एक एक समुदायमा आधारित साना सिंचाई आयोजना सञ्चालन गरिनेछ । यसका लागि रु ८ लाख ७७ हजार रकम विनियोजन गरिएको छ । यसका साथै वडा नं ३मा लामराङ खोला सिंचाइ आयोजना, वडा नं ५ मा मासखोरिया सिंचाई आयोजना सञ्चालन गरिनेछ ।

सडक यातायात :

  • समग्र आर्थिक–सामाजिक क्रियाकलापहरुलाई विस्तार गर्ने र  सेवा प्रवाहमा पहुँच वृद्धि गर्ने माध्यमका रुपमा रहेको सडक पूर्वाधार निर्माण कार्यलाई प्राथमिकतामा राखिएको छ । यसकालागि सडक स्तरोन्नति गरिनुका साथै प्रत्येक वडाहरुमा  नयाँ ट्रयाक खोल्ने कार्यलाई तीब्रता दिइनेछ । घोर्मु–आरुखर्क–लाङबु–पारच्याङ सडक निर्माणको लागि रु ५० लाख, यार्सा–युब्रा–पारच्याङ सडक निर्माणका लागि रु २० लाख, उपल्लोटार–भञ्ज्याङ डाँडाँ लाम्राङ सडकका लागि रु २० लाख, कपथली–पारच्याङ सडक स्तरोन्नतिको लागि रु ११ लाख, लच्याङ सरमथली पाटीखर्क पारच्याङ सडक स्तरोन्नतिको लागि रु १० लाख, चिती–भोर्ले सडक स्तरोन्नतिका लागि रु ५ लाख, चिती–लामचेत–ज्याङलाङ सडक स्तरोन्नतिको लागि रु ६ लाख, घट्टेखोला–सरस्युं–दारघारी–बासभञ्ज्याङ सडक स्तरोन्नतिको लागि रु ८ लाख, टारचेत घोरमु  हुँदै सरस्युं बसपार्क सडक स्तरोन्नतिको लागि रु ९ लाख विनियोजन गरिएको छ ।
  • नयाँ पुल निर्माणको अभिन्न अंगको रुपमा रहेको पुल सर्भेको कार्यको लागि रु १० लाख विनियोजन गरिएको छ । यसका अतिरिक्त अविरल वर्षा लगायतका कारणले बगेका पुलहरुका स्थानमा काठे पुल निर्माण गरि तत्कालको लागि आवागामनलाई सहज बनाउन रु २ लाख विनियोजन गरिएको छ ।

उर्जा

  • यस गाउँपालिकामा विद्युतको पहुँच नपुगेका वडा नं १,२,३ र ४ का विभिन्न स्थानमा  विद्युत पहुँच सुनिश्चित गर्न नेपाल विद्युत प्राधिकरणसँग सहकार्य गरिनेछ । विद्युत प्रसारण लाईन विस्तार गर्न रु १० लाख विनियोजन गरिएको छ ।

भवन :

  • गाउँकार्यपालिका र वडा नं. १, ३ र ६ को कार्यालय भवन निर्माणका लागि रु २ करोड १० लाख विनियोजन गरिएको छ ।

मानवीय क्षमताको आधार : शिक्षा पूर्वाधार

  • शिक्षित जनशक्तिले गाउँ निर्माण मात्र नभई समग्र राष्ट्र निर्माणमा नै निर्णायक र महत्वपूर्ण भूमिका खेल्न सक्ने तथ्यलाई  हृदयंगम गर्दै नेपाल सरकारबाट प्राप्त सशर्त अनुदान रु ५ करोड ४९ लाख ७५ हजारका अतिरिक्त वित्तिय समानिकरणबाट पनि रकम विनियोजन गरिएको छ ।
  • विद्यालय व्यवस्थापनका लागि नारायण मा.वि. लाङबुलाई रु १५ लाख, गौतम बुद्ध मा.वि. पारच्याङमा खेल मैदान निर्माणका लागि रु २० लाख विनियोजन गरिएको छ ।
  • नौकुण्ड गाउँपालिकाभित्र SEE मा सर्वाधिक अंक ल्याई उत्तीर्ण हुने एक जना छात्र र एक जना छात्रालाई प्रोत्साहन एवम् पुरस्कार स्वरुप रु  २५ हजारका दर ले पुरस्कृत गर्ने गरि रु ५० हजार विनियोजन गरेको छु ।

स्वास्थ्य सेवा :

  • सबै नौकुण्डवासीले आधारभूत स्वास्थ्य सेवा सहज र सरल ढंगले प्राप्त गर्ने गरि कार्यक्रमहरु सञ्चालन गरिनेछन् । यसका लागि रु १ करोड ४४ लाख ९३ हजार विनियोजन गरिएको छ ।
  • वडा नं ४ र ६ मा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरिनेछ । सर्वसाधारणलाई आधारभूत ल्याब टेष्टको सुविधा गाउँपालिका भित्रै प्रदान गर्ने उद्देश्यले वडा नं ३ मा स्वास्थ्य प्रयोगशाला स्थापना गरिनेछ । यसका साथै मेटरनिटि वेटिङ होम समेत स्थापना गरि गर्भवति तथा सुत्केरी महिलाहरुको स्वास्थ्य चौकी बसाईलाई सहज बनाईनेछ ।
  • नौकुण्ड गाउँपालिका नेपालकै पहिलो पूर्ण खोपयुक्त गाउँपालिका  घोषित भैसकेको परिप्रेक्ष्यमा यसलाई निरन्तरता दिनका लागि खोप कार्यक्रमलाई थप व्यवस्थित बनाइनेछ । खोपको सुरक्षित भण्डारणका लागि WHO प्रमाणित फ्रिजको व्यवस्था गरिनेछ ।
  • नेपाल सरकारले यस अघि वितरण गर्दै आएको विभिन्न ३८ प्रकारका निःशुल्क औषधीका लागि सशर्त अनुदानबाट नपुग हुने रकम रु १० लाख वित्तिय समानिकरणबाट थप गरिएको छ । साथै विभिन्न किसिमका महामारी नियन्त्रणका लागि रु १ लाख विनियोजन गरिएको छ ।
  • स्वयंसेविकाको भूमिकाको उच्च मूलायाङकन गर्दै स्वयंसेविकालाई मासिक समीक्षा बैठकमा दिइदै आएको मासिक यातायात तथा खाजा खर्चलाई रु ५०० पु¥याइनेछ ।

महिला, बालबालिका तथा समाजकल्याण :

  • आधा आकाश ओगट्ने महिलाको श्रम, सीप र नेतृत्व कौशल विकास गर्ने कार्यक्रमहरु सञ्चालन गरिनेछन् । लैंगिक तथा घरेलु हिंसा निवारण , लैंगिक समानता र मानव बेचविखन विरुद्धका अभियान सञ्चालन गरिनेछन् । यसका लागि रु १२ लाख विनियोजन गरिएको छ ।
  • वञ्चितिकरणमा परेका वर्गलाई सहायता गर्न विभिन्न कोषको स्थापना गरिनेछ । यसका लागि महिला बालबालिका तथा जेष्ठ नागरिक कोषका लागि रु ५ लाख, दलित तथा विपन्न सहायता कोषको लागि रु ५ लाख र नौकुण्ड अपांग पुनस्र्थापना कोषको लागि रु ५ लाख विनियोजन  गरिएको छ ।

खानेपानी तथा सरसफाई :

  • नेपाल सरकारको आ.व. २०७४÷०७५ को बजेटले आ.व. २०७४÷०७५ लाई खानेपानी तथा सरसफाई अभियान वर्षको रुपमा मनाउने र दिगो विकास लक्ष्य  हासिल गर्ने घोषणा गरेको परिप्रेक्ष्यमा सो अभियानलाई सहयोग पुग्ने गरि कार्यक्रम सञ्चालनमा ल्याइनेछन् ।
  • वडा नं २ मा बच्चा खानेपानी आयोजना, वडा नं. ३ मा फामचेत–घिचेत खानेपानी आयोजना मर्मत ,वडा नं ४ मा नेम्राङ बृहत खानेपानी आयोजना, वडा नं. ५ मा गलाङछुमी खानेपानी आयोजना, वडा नं. ६ मा म्लिकि खानेपानी आयोजना लगायताका आयोजना सञ्चालनमा ल्याईनेछन् । विभिन्न  खानेपानी आयोजना सञ्चालन तथा मर्मत गर्न रु ६६ लाख विनियोजन गरिएको छ ।
  • नौकुण्ड गाउँपालिकालाई इम्ँ घोषणा गर्नका लागि रु ३ लाख विनियोजन गरिएको छ । साथै वडा नं ६ मा खेण्डुफे गोसाईकुण्ड मा.वि देखि ग्वचेत हुदै बैथाङसम्म नाली निर्माण का लागि रु १० लाख विनियोजन गरिएको छ ।

संस्कृति प्रवद्र्धन तथा संवद्र्धन :

  • संस्कृति नै कुनै पनि स्थानको पहिचान र स्वाभिमान हो । यसै तथ्यलाई मनन गर्दै कला र संस्कृति प्रर्वद्धनका लागि प्रयास गरिनेछन् ।
  • वडा नं. ३ मा आकाशदेवी मन्दिर, वडा नं. ५ मा रुद्र देवी मन्दिर निर्माण गरिनेछ ।

युवा तथा खेलकुद :

  • युवाहरुमा रहेको जोस जाँगर र क्षमतालाई स्थानीय विकासमा परिचालन गरिनेछ । विदेश पलायन भईरहेका युवालाई उद्यमशील बनाई स्थानीयतहमा रोजगारी सृजना गर्न युवा लक्षित कृषि कार्यक्रम सञ्चालन गरिनेछ ।
  • रु ५ लाखको लागतमा लाच्र्याङमा खेलकुद मैदान निर्माण गरिनेछ । वडास्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गर्न प्रत्येक वडालाई रु ५० हजारका दरले रु ३ लाख विनियोजन गरिएको छ । वडा नं ६ को घोर्मु टोलमा खेलकुद मैदान निर्माण गर्न रु ४ लाख विनियोजन गरिएको छ ।

वातावरण, भू–संरक्षण तथा विपद व्यवस्थापन :

  • वातावरण संरक्षण बिना गरिएको विकास दिगो र भरपर्दो हुन सक्दैन । त्यसैले वातावरण संरक्षणलाई विशेष महत्व दिइनेछ ।
  • नौकुण्ड गाउँपालिका भित्र वृक्षारोपणका लागि रु ६ लाख विनियोजन गरिएको छ । साथै भू–संरक्षणका लागि रु १० लाख विनियोजन गरिएको छ ।
  • विपदबाट भएका क्षतिको सामना गर्न र पुनस्र्थापनालाई सहज बनाउन विपद व्यवस्थापन कोष को स्थापना गरिनेछ । जसका लागि रु १० लाख विनियोजन गरिएको छ ।

सेवा प्रवाह र सुशासनः

  • सार्वजनिक सेवा प्रवाहलाई जनमैत्री र प्रभावकारी बनाउन आवश्यक कदम चालिनेछन् । प्रत्येक वडा कार्यालयमा ईन्टरनेटको सुविधा उपलब्ध गराईनेछ । पञ्जिकरणलाई अनलाईन प्रणालीमा आवद्ध गर्न प्रत्येक वडा कार्यालयको लागि रु १ लाख का दरलले  रु ६ लाख विनियोजन  गरिएकोछ ।
  • सामाजिक सुरक्षा भत्ता वितरणको कार्य बैंक मार्फत गर्ने व्यवस्था मिलाइनेछ ।
  • सार्वजनिक महत्वका विषयलाई पारदर्शि बनाउन र  सेवाप्रवाहमा आवश्यक सुधारका लागि पृष्ठपोषण प्राप्त गर्न प्रत्येक चौमासिकको अन्त्यमा सार्वजनिक सुनुवाईको व्यवस्था गरिनेछ ।

अध्यक्ष महोदय,

अब म बजेटको विनियोजन र स्रोतको व्यवस्था सम्बन्धी योजना प्रस्तुत गर्दछु ।

  • आ.व. २०७४/०७५ का लागि  १८ करोड ९६ लाख २० हजार ७ सय ४० रुपैयाँ २० पैसा विनियोजन गरिएको छ । कुल विनियोजन मध्ये चालुतर्फ  ११ करोड १० हजार ७ सय ४० रुपैयाँ २० पैसा अर्थात् ५८.०१ प्रतिशत र पूँजीगततर्फ रु ७ करोड ९६ लाख १० हजार अर्थात् ४१.९८  प्रतिशत रहेको छ ।
     
  • आ.व. २०७४/०७५ का लागि खर्च व्यहोर्ने स्रोत मध्ये राजस्वबाट रु ५ लाख, नेपाल सरकारबाट प्राप्त अनुदानबाट रु १८ करोड २८ लाख ७६ हजार र गत वर्षको सञ्चित कोष मौज्दात बाट  ६२ लाख ४४ हजार ७ सय ४० रुपैयाँ २० पैसा रहेको छ ।

अध्यक्ष महोदय ,

  • यस बजेटको कार्यान्वयनबाट यस गाउँपालिकाको सामाजिक आर्थिक विकासमा उल्लेख्य योगदान पुग्ने विश्वास गर्न सकिन्छ ।
     
  • प्रस्तुत बजेट तर्जुमामा मार्ग निर्देशन गर्नुहुने आदरणीय अध्यक्षज्यू, वडा अध्यक्षज्यूहरु, नौकुण्ड गाउँकार्यपालिका तथा गाउँसभा सदस्यज्यूहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिज्यूहरु, राष्ट्रसेवक कर्मचारी, वुद्धिजीवि, नीजि क्षेत्रका संघ संगठनहरु, नागरिक समाज तथा सामुदायिक संस्था , सामाजिक संगठनहरु, पत्रकार र विदेशमा रहनु भएका नौकुण्ड गाउँपालिकाका दिदीबहिनी तथा दाजुभाईहरु सबैलाई हार्दिक धन्यबाद ज्ञापन गर्दछु ।
     
  • अन्त्यमा यस गाउँपालिकाको विकासमा योगदान पु¥याउनुहुने आम नागरिक, विकास साझेदार , र अन्य सरकारी तथा गैरसरकारी संघ संस्थाप्रति हार्दिक आभार व्यक्त गर्दछु ।
  • नौकुण्ड गाउँपालिकाका समस्या धेरै छन् र यिनको समाधान हामी सबैको सामूहिक प्रयासबाट मात्रै सम्भव छ । त्यसैले आउनुहोस सबै एकजुट होऔ र नौकुण्डको मुहार फेर्ने अभियानमा सहभागि बनौं । विगतका गल्तिबाट पाठ सिकौ, वर्तमानमा सुधार गरौ र भविष्यप्रति आशावादी बनौं ।

धन्यवाद !